एजेन्सी | अष्ट्रेलिया आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह १ को अन्तिम खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिका नतिजा आफू अनुकुल आएपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो । अष्ट्रेलिया सुपर १२ को समूह १ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको छ ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ९० रनको विजयी लक्ष्य इंग्ल्यान्डले १५.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको छ । दक्षिण अफ्रिकाले शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न इंग्ल्यान्डलाई १ सय ३१ भन्दा कम रनमा अल आउट वा रोक्नुपर्ने हुन्थ्यो । त्यसो नभएपछि अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने निश्चित भएको हो ।
आजनै पहिलो खेलमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । अष्ट्रेलियाले समूह चरणमा ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा छ । तर सेमिफाइनलको लागि यस नतिजा पर्खनु पथ्र्यो । अष्ट्रेलिया चौथो पटक सेमिफाइनलम पुगेको हो । यसअघि २००७, २०१० र २०१२ मा सेमिफाइनलम पुगेको थियो । समूह १ को विजेत इंग्ल्यान्ड बनि सकेको छ । अष्ट्रेलियाले सेमिफाइनलमा समूह २ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ। सुपर १२ को समूह २ को विजेता पाकिस्तान बन्ने निश्चित जस्तै छ ।
अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदा इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । बंगलादेशलाई ८ विकेटले हराएको थियो ।