भारत । भारत महाराष्ट्रको अहमदनगर जिल्लास्थित जिल्ला अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
सिभिल अस्पतालको आईसीयूमा आगो लाग्दा उक्त दुर्घटना भएको हो । अहमदनगरका जिल्ला कलेक्टरले सो वार्डमा १७ जना कोराना संक्रमितको उपचार भइरहँदा आगलागी भएको बताएका छन् । उनले ती मध्ये १० जनाको मृत्यु भएको बताएका छन् । उनले विद्युत शर्ट हुँदा आगलागी भएको दाबी गरेका छन् ।
घटनापछि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले छानबनिको आदेश दिएका छन् । मृतकका आफन्तले सफाइका लागि ३ घण्टासम्म ढोका बन्द हुँदा क्षति भएको बताएका छन् । एजेन्सी