वीरगंज | युवा जलवायु अभियन्ताहरुले राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ भइरहेको स्कट्ल्याण्डको ग्लास्गोमा प्रदर्शन गरेका छन् ।प्रदर्शनमा सहभागी भएका किशोरकिशोरी–युवा अभियन्ताले नेताहरुले मुनाफालाई पाखा लगाएर पृथ्वीको आवश्यकतालाई सुन्न आग्रह गरेका छन् ।
कोप–२६ मा नेताहरुको प्रतिवद्धता जलवायु परिवर्तनसँग जुध्नका लागि पर्याप्त हुने खालको नरहेको बताएका अभियन्ताहरुले गरिएका वाचा पूरा हुनेमा पनि शंका जनाएका छन् ।
उनीहरुले दबाब दिनका लागि ग्लास्गोमा प्रदर्शन गरिएको बताएका छन् । ग्रेता थनबर्गले सुरु गरेको ‘फ्राइडेज फर फ्यूचर’ मार्च अहिले ग्लास्गोमा भएको हो । ग्लास्गोमा भएको प्रदर्शनमा अभियन्ता थनबर्ग र भेनेसा नाकाते पनि सहभागी छन् । उनले प्रदर्शनलाई सम्बोधन समेत गर्ने छिन् ।
तस्बिरहरु : बिबिसी, पिए मिडिया, रोयटर्स, इपिए, गेट्टी इमेज