• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देउसी भैलोमा सरकारको ‘हस्तक्षेप’ किन ?

  • वीरगंज संजाल
  • १७ कार्तिक २०७८, बुधबार १६:४७
  • २५२९

    काठमाडौं | काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी भैलो खेल्न निषेध गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले देउसी भैलोको समय तोकेपछि सामाजिक सञ्जालमा यो निर्णयको चर्को विरोध भइरहेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, ललितपुरका घनश्याम उपाध्याय र भक्तपुरकी प्रजिअ रुद्रादेवी शर्माले गृह मन्त्रालयको अनुमति लिएर देउसी भैलो खेल्ने समय तोकेका हुन् । उपत्यकामा बाहेक अरु जिल्लामा पनि सीडीओहरुले आफ्नो अनुकुल देउसी भैलो खेल्ने समय किटान गरेर सूचना जारी गरेका छन् ।

    रात्रि क्लब र डान्सबार रातभर खुल्न दिए पनि सरकारले देउसी भैलोमा भने हस्तक्षेप गरेको नागरिकहरुको गुनासो छ । देउसीमा समय तोक्नुमा स्थानीय प्रशासनले ‘शान्ति सुरक्षा’ र ‘कोभिड–१९ संक्रमण’लाई मुख्य कारण बताएको छ । तर, जनतालाई सुरक्षा दिनु सरकारको दायित्व भएको नागरिक समुदायको तर्क छ । ​जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा राति ८ बजेपछि नै देउसी भैलो खेल्न निषेध गरिएको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा भनिएको छ, ‘तिहार अवधिभर राति ८ बजेपछि देउसी खेल्न, होटल–पसल खोल्न र भीडभाड गर्न पाइँदैन ।’

    ‘सांस्कृतिक पर्वको अवसरमा देउसी खेल्ने परम्परामा किन हस्तक्षेप गर्नु भो ?’ रातोपाटीको प्रश्नमा अर्घाखाँचीका प्रजिअ हरिप्रसाद घिमिरे भन्छन्, ‘चाडपर्वमा अशान्ति हुन्छ, बाहिरबाट धेरै मानिस आउने र मदिरा सेवन गर्ने हुनाले सम्भाव्य दुर्घटना नहोस् भनेर समय तोकेका हौं ।’८ बजेको समय तोके पनि चौबीसै घण्टा प्रहरी परिचालन गरेर सुरक्षा दिइने घिमिरेले बताए । उनले भने, ‘समय तोकिदिएर सुत्दैनौं, सुरक्षाकर्मीको मोबिलिटी चौबीसै घण्टा हुन्छ ।’ उता जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना संक्रमण दर अपेक्षित नघटेको भन्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न दिने निर्णय गरेको छ । कास्की प्रशासनले कोभिड–१९ को संक्रमण र सुरक्षाको कारण देखाएर देउसीमा समय तोकेको छ । तर, भीडभाडबीच आयोजना हुने राजनीतिक दलका कार्यक्रम र नाइट क्लबहरुमा हुने भीडबारे भने प्रशासनले आँखा चिम्लँदै आएको जिल्लाबासीको गुनासो छ ।

    के भन्छ गृहमन्त्रालय ?

    गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले तराईका जिल्लामा राति १० बजे र पहाडी जिल्लामा ८–९ बजेपछि भीडभाड गरेर देउसी खेल्न निषेध गर्नु स्वाभाविकै भएको जिकिर गरे । उनले भने, ‘शान्ति सुरक्षा कायम गर्ने दायित्व हाम्रो भएको हुनाले त्यो कायम गर्न प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो अनुकूलतामा समय तोक्नुभएको छ ।’ देउसी भैलो संस्कारसँग जोडिएको विषय हुनाले राज्यले संस्कार कायम गर्नेतर्फ सोच्नुपर्ने सहसचिव पोखरेलले बताए । ‘रात्रि क्लब खुल्ने तर, साँस्कृतिक पर्व देउसीमा चाहि किन बन्देज ?’ भन्ने प्रश्नमा पोखरेल भन्छन्, ‘रात्रि क्लबमा आन्तरिक सुरक्षा हुन्छ, त्यो व्यवसाय दुई वर्षदेखि समस्यामा थियो ।’

    प्रहरी भन्छ– आदेशको पालना गर्नु हाम्रो दायित्व हो

    सीडीओको आदेश कार्यान्वयन गर्ने दायित्व प्रहरीको हुन्छ । तथापि प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाका प्रहरी प्रमुखसँगको समन्वयमै देउसी भैलोको सयमसीमा निर्धारण गरेका छन् । गम्भीर दुर्घटना रोक्न राति हुने भीड नियन्त्रण गर्नु प्रहरीको दायित्व भएको बताउँछन् प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवर । ‘शान्ति सुरक्षाको जिम्मा प्रहरीको हुन्छ,’ एसएसपी कुँवर भन्छन्, ‘राति अँध्यारो हुन्छ, सुरक्षाको प्रश्न आउँछ । त्यसैले कानुनबमोजिम स्थानीय प्रशासनले जारी गरेको आदेश पालना गर्ने, गराउने हाम्रो दायित्व हुन्छ ।’ गम्भीर प्रकृतिका घटना हुन सक्ने हुनाले शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले कानुनअनुसार नै देउसी भैलो खेल्ने समय तोकेको कुँवरले बताए । उनले भने, ‘रातभर देउसी भैलो खेल्दा सार्वजनिक शान्ति भंग हुने खतरा हुन्छ । त्यसैले, कानुनअनुसार स्थानीय प्रशासनले जारी गरेको आदेश सम्बन्धित जिल्लाका प्रहरी इञ्चार्जले पालना गराउनुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑