बीरगंज । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिकामा कुहिएको राहत समाग्री बितरण भइरहेको पाइएको छ । गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाको पहलमा केन्द्रबाट आएको ८ लाखको बजेटबाट कुहिएको , सडेगलेको खाद्या्न समाग्री बितरण भइरहेको छ ।
गाउँपालिका अध्यक्ष चौरसियाको योजनामा ८ लाख बराबरको राहत सामग्री किनी गाउँपालिकाको पुरै वडामा बितरण गर्नका उदेश्यले सुत्केरी महिला तथा बच्चा जन्मेको २ वर्ष मुनिका बच्चाहरुका लागि अण्डा , चना, नुन र भिटामिन युक्त पाउडर जस्ता राहत समाग्रीको नाउँमा कुहिएको समाग्री बितरण भइरहेको थियो ।
बितरण भइरहेको स्थान युवा सञ्जालका युवाहरुले गई हेर्दा उक्त राहत समाग्रीबाट किरा परेको चना तथा अण्डामा समेत किरा पाइएको युवा सञ्जालका सल्लाहकार राकेश कुशवाहाले बताए । सुरुदेखि नै गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा यस्ता कतिपै भ्रष्टाचार भएको पाइएको छ । गाउँपालिकामा भ्रष्टाचार बढदै गएपछि भइरहेको भ्रस्टचार रोकेन गाउँपालिकाकै सक्रिय युवाहरुमिली एकजुट भै उभिएका छन् ।
गाउँपालिकाबाट भइरहेको गलत काम रोक्न खोज्दा गाउँपालिका अध्यक्ष चौरसियाले युवाहरु माथि मुदा दर्ता गराउनु भएको सञ्जालका संयोजक अक्लेश साहले बताए । साथै गाउँपालिका भ्रस्टचार गर्नमा व्यत रहेको युवा सञ्जालका प्रवक्ता प्रमोद पटेलले बताए । गाउँपालिका अध्यक्ष चौरसियाले स्थानियहरुको जीवजान संग अब खेलवाड गर्ने लागेको स्थानियहरुले बताएका छन् ।
यस्ता कुहिएको समाग्री बितरण गर्ने लगाउने गाउँपालिका अध्यक्ष तथा बितरण गर्ने लागेको उहाँको आसेपासेलाई कडा भन्दा कडा कार्वाही गर्ने युवा सञ्जालले सम्बधित निकायसंग जोडदार मांग गरेको युवा सञ्जालका युवाहरुले बताएका छन् ।