• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जोखिममा रहेका सबै नेपालीको अफगानिस्तानबाट उद्धार

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७८, आईतवार १३:०९
  • २८८५

    वीरगन्ज | सरकारले अफगानिस्तानमा पछिल्लो घटनाका कारण अलपत्र परेका ९४० नेपालीको उद्धार गरेको छ । योसँगै अब अफगानिस्तानमा अलपत्र परेर बसेका कुनै पनि नेपाली नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले शनिबार पनि नेपालीको उद्धार गरेको थियो । मन्त्रालयले अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको नियोग तथा कार्यालयमा अति आवश्यक कार्यहरूमा संलग्न बाहेक कोही नेपाली नरहेको जनाएको छ । अफगानिस्तानबाट उद्धार भई शनिबार ३२ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । शनिबार स्वदेश फर्किएका नेपाली नागरिक अनौपचारिक रुपले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति नलिई अफगानिस्तान गई काबुलस्थित विभिन्न स्थानहरुमा स–सानो समूहमा छरिएर कार्यरत थिए । उनीहरुलाई उद्धार गर्नुपूर्व एउटै समूहमा आबद्ध गरी बस्ने खाने सुविधासहित सुरक्षित रुपमा राख्ने प्रबन्ध मन्त्रालयको अनुरोधमा आईडिजी कम्पनीमार्पmत गरिएको थियो । अब अफगानिस्तानमा त्यहाँस्थित संयुक्त राष्ट्रसंघको नियोग तथा कार्यालयहरुमा अति आवश्यक कार्यहरूमा संलग्न केही नेपाली मात्र रहेको मन्त्रालयले जनाएको छ ।

    संयुक्त राष्ट्रसंघका निकायहरुले अति आवश्यक मानवीय तथा विकास सम्बन्धी कार्य जारी रहने व्यहोरा जनाउँदै संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीको सुरक्षामा कुनै जोखिम भएमा सबैलाई सुरक्षित रुपमा नेपाल फीर्तिको प्रबन्ध मिलाइने जानकारी दिएको मन्त्रालयले जनाएको छ । नेपालले भदौको पहिलो हप्ताबाट त्यहाँ फसेका नेपालीको लागि उद्धार कार्य शुरु गरेको थियो । वैदेशिक रोजगारीको सिलसिलामा नेपाली नागरिक अफगानिस्तानमा रहेको हुँदा त्यहाँ विकसित घटनाक्रमलाई प्रारम्भदेखि नै परराष्ट्र मन्त्रालयले अनुगमन गरिरहेको मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेले जानकारी दिए । मन्त्रालयले अफगानिस्तानमा सत्ता परिवर्तनपछि सम्भावित सुरक्षा जोखिमको आकलन गरी स्वदेश फिर्ता गर्ने कार्यका लागि कूटनीतिक पहल थालनी गरेको थियो । त्यस सिलसिलामा मन्त्रालयले काबुल तथा काठमाडांैस्थितमित्र राष्ट्र भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापानका राजदूतावासहरु काबुलस्थित नेटो सैन्य अधिकारीहरु, संयुक्त राष्ट्र संघीय नियोग तथा कार्यालयहरु, अन्य अन्तर्राष्ट्रिय संघसंस्थाका कार्यालय तथा रोजगारदाता एवं जनशक्ति आपूर्ति गर्ने कम्पनी आदिका स्थानीय कार्यालय एवं उनीहरुका मुख्यालयमार्पmत कूटनीतिक पहल गरेको थियो ।

    उद्धार कार्यमा समन्वयका लागि नेपाल सरकारले परराष्ट्र मन्त्रालयको मध्य एशिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदल र परराष्ट्र मन्त्रालयमा रहेको नियन्त्रण कक्षबाट समन्वय एवं सहजीकरण भएको थियो । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा एक टोली गठन गरी उद्धार तथा स्वदेश फिर्ति कार्यको सहजीकरण र समन्वय गरिएको थियो । उद्धार र स्वदेश फिर्तिका क्रममा कतार, कुवेत, युएइ, पाकिस्तान, लण्डन, वाशिङटन डिसी र न्यूयोर्कस्थित नेपाली नियोगहरु पनि परिचालन गरिएका थिए । उद्धार र स्वदेश फिर्तिका लागि रोजगारदाता, मित्रराष्ट्रहरु तथा संयुक्त राष्ट्र संघीय निकायहरुले सहयोग पु¥याएको जनाइएको छ । विगत ४ वर्षमा मेनपावर कम्पनी मार्पmत मात्र ७७९ नेपाली रोजगारीका गएका थिए । यसैगरी व्यक्तिगत रुपमा ४ हजार ४९० नेपाली अफगानिस्थान गएको तथ्यांक रहेको छ । यसमा महिलाको संख्या ११ रहेको छ । यस बाहेक पनि अन्य श्रम गन्तव्यमार्फत रोजगारीमा जाने नेपालीको संख्या पनि रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑