वीरगन्ज | नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आज नेपाल आउँदैछन् । केही दिन अघि अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता नवीकरण गरेपछि अलमुताइरी नेपाल फर्किन लागेका हुन् । शनिबार दिउँसो अलमुताइरीले कतारस्थित हमाद विमानस्थलमा रहेका तस्बिर सार्वजनिक गर्दै नेपाल फर्किन लागेको जानकारी गराए ।
एन्फाले दिएको जानकारी अनुसार अलमुताइरी आज साँझ साढे ७ बजे नेपाल आइपग्नेछन् ।अब अलमुताइरी नेपालमा तीन वर्ष बस्नेछ । एक वर्ष बाँकी हुँदै अलमुताइरीले थप दुई वर्षका लागि एन्फासँग सम्झौता नविकरण गरेका हुन् ।