• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हरेक साल यही समयमा किन बढ्छ प्याजको भाउ?

  • वीरगंज संजाल
  • १२ कार्तिक २०७८, शुक्रबार १२:४७
  • १८४९

    वीरगन्ज | एक महिनामै प्याजको भाउ झन्डै दोब्बर भएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार अघिल्लो महिनाको तुलनामा कात्तिकमा प्याजको मूल्य ८५ प्रतिशतले बढेको हो। असोज १ गते कालिमाटी बजारमा प्याज थोक मूल्य प्रतिकिलो ३९ देखि ४२ रूपैयाँमा कारोबार भएको थियो। कात्तिक १ गतेको मूल्य हेर्ने हो भने प्रतिलो ७५ देखि ७८ रूपैयाँ छ। असोज दोस्रो सातादेखि प्याजको भाउ उक्लिन थालेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। उनका अनुसार असोज पहिलो साता ३९ देखि ४२ रूपैयाँ किलोमा कारोबार भएको प्याज दोस्रो साता ६० रूपैयाँसम्म पुग्यो। कात्तिक दास्रो साता केही घटेर ६५ देखि ७० रूपैयाँमा कारोबार भएको कालिमाटी बजारको तथ्यांकले देखाएको छ।

    किन बढ्यो त प्याजको भाउ?
    बजारमा केहीले चाडपर्वका कारण मूल्य आकासिएको अनुमान लगाएका थिए। तर यो सत्य नभएको सूचना अधिकारी श्रेष्ठ बताउँछन्। कतिपयले दसैंले प्याज महँगियो भने, त्यस्तो होइन,’ उनी भन्छन्, ‘प्याजको सिजन नभएर मूल्य बढेको हो। बीचमा त किलोको ८५ रूपैयाँसम्म पनि कारोबार भयो। अहिले केही घटेको छ। हामीकहाँ व्यवसायिक रूपमा ठूलो परिमाणमा प्याज उत्पादन हुँदैन। अधिकांश किसानले हरियो नै बेच्छन्। केहीले उत्पादन गरेको सुकेको प्याज स्थानीयस्तरमै खपत हुने हुनाले ठूला बजारसम्म आइपुग्दैन। कालिमाटी बजारमा आउने प्याज भारतीय हो। नेपाली बजारमा प्याज कति पर्ने भन्ने कुरा भारतमा चलेको मूल्यले तय गर्छ। अहिले भारतमै प्याजको मूल्य बढेपछि यहाँ पनि बढेको श्रेष्ठले जानकारी दिए। सामान्य अवस्थामा प्याजको औसत मूल्य ३०-४० रूपैयाँ किलो हो। भाउ बढेको भने यो वर्ष मात्रै होइन। पहिले पनि बढ्थ्यो। ०७७ सालको कात्तिकमा ७० रूपैयाँसम्म पुगेको थियो। त्योभन्दा अघिल्लो सालको कात्तिक अन्तिम हप्ता थोक मूल्य नै एक सय ६० रूपैयाँसम्म थियो। त्यो बेलाको भाउसँग तुलना गर्दा अहिले प्याजको मूल्य थोरै मात्र बढेको हो। गत वर्षहरूमा कालिमाटी बजारले निर्धारण गरेको प्याजको भाउ हेर्दा प्रायः असोजदेखि नै बढ्न थालेको पाइन्छ। विस्तारै बढ्दै कात्तिक अन्तिम र मंसिर पहिलो साता सबभन्दा धेरै हुन्छ। त्यसपछि फेरि घट्दै फागुनतिर औसत मूल्यमा झर्छ।

    यही समयमा प्याजको भाउ किन बढ्छ?
    भारतदेखि नेपालसम्मै चाडवाडको सिजन हुनाले यो बेला प्याजको माग धेरै हुन्छ। तर मागअनुसार आपूर्ति कम हुन्छ। यही बेला प्याजको अफ सिजन सुरू भएको हुन्छ। पुरानो प्याज सकिन्छ र नयाँ रोप्न सुरू मात्र भएको हुन्छ। बर्षा सकिएसँगै प्याज रोप्ने सिजन सुरू हुन्छ। ठाउँअनुसार कतै भदौ अन्तिम र कतै असोज महिनाभरि रोपिन्छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘नयाँ प्याज तयार हुन तीन महिना लाग्छ। त्यसपछि बजारमा विस्तारै प्याज जान थालेपछि मूल्य घट्न थाल्छ। प्याजको भाउ बढ्नुको अर्को कारण भण्डार गृहको अभाव पनि हो। हामीकहाँ अहिलेसम्म प्याज भण्डार गृह नभएको श्रेष्ठ बताउँछन्, ‘अन्य चिस्यान गृहमा प्याज भण्डार गर्न मिल्दैन। उनका अनुसार प्याज भण्डार गर्न सन्तुलित तापक्रम चाहिन्छ। थोरै तापक्रम तलमाथि भए प्याज बिग्रन सक्छ। सिजनमा धेरै उत्पादन हुँदा भण्डार गर्न सके पछि बिक्री गर्न सकिने उनी बताउँछन्। अनि अभावका बेला मूल्य पनि नियन्त्रण गर्न सकिने उनको भनाइ छ। नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे पनि यो समयमा पुरानो प्याज सकिएको र नयाँ बजारमा आइनसकेकाले मूल्य बढ्ने बताउँछन्। प्याजको आपूर्ति कम छ। अझै एक महिना यही मूल्य कायम हुन्छ,’ उनले भने। अहिले बजारमा उपभोक्ताका लागि प्याज प्रतिकेजी ८० देखि ९० रूपैयाँ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑