जनकपुरधाम । दिपावली तथा छठपर्वलाई मध्यनजर गर्दै नेपाली काँग्रेसको भातृ युवा संगठन नेपाल तरुण दलको ६८ औं स्थापना दिवसको अवसरमा जनकपुरधाम ७ स्थिति रहेको कुष्ठ रोगी आश्रममा बस्ने ४६ जना महिला,वृद्धवृद्धा तथा बालबालिका लुगाकपडा वितरण गरि स्थापना दिवस मनाएका तरुण दल धनुषाका सभापति संजयलाभ कर्णले बताएका छन्।
सोही अवसरमा महिला संघ धनुषाकी सभापति तुल्सा आचार्य , तरुण दलका नेता राकेश विक्रम साह, नेविसंघका सभापति सुजित यादव लगायत विभिन्न तह तरुण र विद्यार्थी नेताहरुको उपस्थिति रहेका थिए।