बीरगन्ज । जगर्नाथपुर गाउँपालिकामा निर्माण हुने भनिएको ग्लोबल कोल्ड स्टोर उद्योगको प्रारम्भिक बातावरणीय परिक्षण ( IEE ) तयारी गर्ने बिषयमा सर्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष जालिम मियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जगरनाथपुरका पूर्व अध्यक्ष म. सलिम मंसुर,सुनरस कन्सल्टेन्सी एण्ड इड्सका परामर्शदाता शम्भु चौरसिया,ग्लोबल कोल्ड स्टोरका प्रो.ई.मुनिर अली अहम्द लगायतकाले आ–आफ्नो धारण राखेका थिए ।
कार्यक्रममा ई.मुनिर अली अहम्दलाई जनथरनाथपु्र गउँपालिका अध्यक्ष र सुनरस कन्सल्टेन्सी एण्ड टेड्सका परामर्शदाता शम्भु चौरसिया समान गरेका थिए । कार्यक्रलाई सम्बोधन गर्दै ई. मुनिर मंसुरीले स्थानिय स्तरमा रोजगारी सृजना गर्ने उदेश्यका साथ कोल्ड स्टोर खोल्न लागेको वताएका थिए । उनले स्टोर निर्माण भए पछि स्थानिय कृषकहरुलाई सहज हुने बताए ।
कार्यक्रममा बोल्दै जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाले कोल्ड स्टोर निर्माणले व्यापारका साथै रोजगारी सृजना हुने तथा कृषकहरुलाई पनि सहज हुने धारणा राख्नु भयो । उनले गाउँपालिका भित्रका कृषहरुलाई कृषिजन्य खाद्य समाग्री भण्डारण सहज हुने तथा कृषहरुको आर्थिक स्थतरमा वृद्धि हुने अध्यक्ष मियाले बताए । कार्यक्रम समाजिक अगुवा तथा स्थानिय नेताहरुले समेत आ आफ्ना धारण राखेका थिए । जगरनाथपुर गाउँपालिकाको वडा नं. ४ मा कम्पनीले स्टोर बनाउँने लक्ष्यका आफ्नो कामहरु अगाडी बढाएको छ ।