बारा । बाराकाे पचराैता नगरपालिका वडा न.१ का बिधार्थीहरु आन्दाेलित भएका छन् । स्कुलमा शिक्षक अभावका कारण पठन पाठान नै ठप्प हुन थाले पछि बिधार्थीहरु आन्दाेलनमा उत्रिएका हुन् । नगरपालिकाकाे वडा नं १ मा रहेकाे श्री ने रा प्रा बि पिपरपातिमा बिगत लामाे समय देखि शिक्षक अभावका कारण पठन पाठन अवरुद्ध हुँदै आएकाे कारण बाध्य भएर आन्दाेलन गर्नु परेकाे बिधार्थीहरुकाे भनाई छ ।
स्कुलका बिधार्थीहरुले शिक्षकहरुलाई बिधालय भित्रै थुनेर ताेडफाेड गर्नुका साथै नगरपालिका घेराउ गर्न पुगेका छन् ।
ताेडफाेडबाट स्कुलका झ्याल ढाेका,टेबुल कुर्शीका साथै स्कुलकाे कार्यालयमा क्षती पुगनुकाे साथै नगरपालिका कार्यालयमा पनि समान्य क्षती भएकाे स्थानिय एक अभिभावकले बताएका छन् ।