• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन खुल्यो, नयाँ मापदण्ड लागू हुने

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७८, मंगलवार १३:१३
  • ३६८९

    वीरगन्ज | सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाएको छ । कोरोना भाइरसका कारण वैशाख १६ गतेदेखि रोकिएको आवदेन आजबाट खोलिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालका अनुसार सेवाग्राहीले आजबाटै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । यसअघि पहिलो चरणको लकडाउनका कारण २०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी २०७७ पुस १४ गतेबाट खुलाएको थियो । यससँगै करिब ४ महिनापछि कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो । विभागकाअनुसार पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ६ लाख परीक्षार्थी ट्रायलको पर्खाइमा थिए । विभागले गत भदौ २० गतेबाट लाइसेन्स खुलाएसँगै अहिले परीक्षार्थीले धमाधम परीक्षा दिइरहेका छन् ।

    ‘काठमाडौँ उपत्यकाभित्र अझैं दुई लाखबढी पुरानै सेवाग्राही छन् । त्यसका लागि केही समय अझै लाग्ला’ भुसालले खबरहबसँग भने, ‘बाहिरी जिल्लामा लगभग सकिएको छ । अब नयाँ आवेदन दिनेले एक महिनाभित्र परीक्षा दिन पाउनेछन् । त्यस्तै विभागले गत साउनदेखि लागु हुने गरी लाइसेन्स परीक्षाका लागि नयाँ मापदण्डको व्यवस्था गरेको थियो । यद्यपी लकडाउनका कारण परीक्षा रोकिएको थियो । यससँगै नयाँ आवेदन दिनेहरुले अब नयाँ मापदण्डअनुसार लाइसेन्स परीक्षा दिन पाउने भुसालले बताए ।

    यस्तो छ नयाँ मापदण्ड
    विभागबाट जारी निर्देशिकामा वर्ग ‘क’ (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ । निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग (क÷ट), (ए÷के) र वर्ग ‘ख’ (बी) का लागि लिइने लिखित परीक्षाका लागि ५००÷५०० वटा प्रश्नको दुइटा प्रश्न संग्रहसमेत विभागले सार्वजनिक गरेको छ । यो व्यवस्थाअनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिनेछ । यसमा चार÷चार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन् । लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ । सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाटसमेत लिखित परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था छ
    निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन् । ट्रायलका लागि प्रयोग हुने मोटरसाइकल–स्कुटर पेट्रोलबाट चल्ने र कार, जिप, भ्यानहरू पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्नेछ । त्यस्तै सबै सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको वा बहाल अवधि बाँकी रहेको तथा तेस्रो पक्ष बीमा भएको हुनुपर्नेछ ।

    प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ ।

    कुनमा कति अंक ?

    घुमाउरो आठ– २० अंक

    साँघुरो फलेक– १० अंक

    युटर्न– १० अंक

    ट्राफिक संकेत– १५ अंक

    बम्प्स (उबडखाबड)– १५ अंक

    उकालो– २० अंक

    परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन– १० अंक

    यी गल्ती गरे ट्रायलमा अंक काटिन्छ :
    घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने छ ।

    एक पटकसम्म खुट्टाले भुइँ टेकेमा थप ५ अंक घट्ने छ ।

    युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने छ ।

    ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने छ ।

    उबडखाबडमा एक पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्ने छ ।

    एक पटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने छ ।

    सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ । यसो नगरे ३ अंक घट्नेछ ।

    हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ ।

    असंयमित भएर सवारी चलाए ३ अंक घट्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑