• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तेस्रो महिनामै ६५ अर्बको निर्यात, आयातमा पनि वृद्धि

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७८, सोमबार २१:०२
  • ३४५७

    वीरगंज। चालु आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यातमा उत्साहजनक वृद्धि हुने संकेत देखिएको छ । आवको पहिलो तीन महिनामै ६५ अर्ब रुपैयाँभन्दा बढीको निर्यात हुनुले यस्तो संकेत देखिएको हो ।भन्सार विभागको तथ्यांक अनुसार साउन–असोजसम्म कुल ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँ बराबरको भएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १०९.५४ प्रतिशत बढी हो । गत वर्ष यसै अवधिमा मात्र ३१ अर्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । यो वर्ष वनस्पती तेलको हिस्सा सर्वाधिक रहेको छ । पाम आयल र भट्टमासको तेलले निर्यातमा भूमिका खेलेको हो ।

    निर्यात बढेको यो वर्ष आयात समेत चुलिएको छ । चालु आवको तेस्रो महिनासम्म ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु आयात भइसकेको छ । गत आवको यसै अवधिमा मात्र २ खर्ब ९२ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । अहिले गत आवको यसै अवधिको तुलनामा ६३.७३ प्रतिशतले वस्तु आयात बढेको छ । आयात र निर्यात दुवैमा भएको वृद्धिले वैदेशिक व्यापारमा समेत उल्लेख्य वृद्धि भएको छ ।नेपालको वैदेशिक व्यापार तीन महिनामै साढे ५ खर्ब हाराहारी पुगेको छ । तीन महिनाको अवधिमा कुल ५ खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ६८.१३ प्रतिशतले बढी हो । गत आवमा मात्र ३ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको तथ्यांक भन्सार विभागसँग रहेको छ ।

    तीन महिनामै सवा ४ खर्ब व्यापार घाटा

    नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ८८.०३ प्रतिशत रहेको छ । निर्यातको वृद्धिदर उकासिए पनि आयातको तुलनामा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा भने मात्र ११.९७ प्रतिशत रहेको छ । जसले गर्दा नेपालको व्यापार घाटा भने निरन्तर चुलिने क्रममा रहेको छ ।तथ्यांक अनुसार साउनदेखि असोजसम्म नेपालको व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा ५८.२८ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा नेपालको व्यापार घाटा मात्र २ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रहेको थियो । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा केही घट्दा (–२.६१ प्रतिशत) निर्यातको हिस्सामा भने २४.६३ प्रतिशतको वृद्धि देखिएको छ ।

    यस्तो छ तीन महिनाको वैदेशिक व्यापार

    आयात : ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ (६३.७३ प्रतिशत बढेको)
    निर्यात : ६५ अर्ब ५ रकोड रुपैयाँ (१०९.५४ प्रतिशत बढेको)
    व्यापार घाटा : ४ खर्ब १३ अर्ब ४७ रकोड रुपैयाँ (५८.२८ प्रतिशत बढेको)
    कुल वैदेशिक व्यापार : ५ खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ (६८.१३ प्रतिशत बढेको)
    व्यापारमा आयातको हिस्सा : ८८.०३ प्रतिशत (२.६२ प्रतिशत घटेको)
    व्यापारमा निर्यातको हिस्सा : ११.९७ प्रतिशत (२४.६३ प्रतिशतले बढेको)
    ६० अर्ब बराबरको पेट्रोलियम पदार्थ भित्रियो

    विभिन्न प्रकारको पेट्रोलियम पदार्थको आयातमा मात्र तीन महिनाको अवधिमा ६० अर्ब रुपैयाँ विदेशिएको छ ।विगतमा निर्यात बजारले पेट्रोलियम पदार्थको आयात समेत धान्न नसक्ने अवस्था यो वर्षको पहिलो तीन महिनामा भने सुधार भएको पाइएको छ ।यो अवधिमा ४१ अर्ब ९३ करोड रुपैयाँ बराबरको आइरन तथा स्टील आयात भएको छ । ३४ अर्ब रुपैयाँ बराबरको सवारी साधन तीन महिनामा भित्रिएको छ ।विद्युतीय सामान तथा उपकरणको आयात भने ३७ अर्ब ४७ करोड रुपैयाँ बराबरको भएको छ । वनस्पति घिउ तथा तेल र सो जन्य सामग्रीको आयात ४१ अर्ब २६ करोड रुपैयाँ बराबरको रहेको छ । यस्तो वस्तुको निर्यात भने ३७ अर्ब ३६ करोड रुपैयाँ बराबरको रहेको छ ।

    साढे १२ अर्ब बराबरको तरकारी जन्य वस्तु आयात

    तीन महिनाको अवधिमा नेपालमा साढे १२ अर्ब रुपैयाँ बराबरको तरकारी जन्य उत्पादनको आयात भएको छ । १२ अर्ब ५१ करोड २४ लाख रुपैयाँ बराबारको यस्तो वस्तु आयात भएको हो ।तरकारीको निर्यात भने मात्र २५ करोड रुपैयाँ रहेको छ । ३ अर्ब १७ करोड रुपैयाँको चिया कफी आयात भएकोमा २ अर्ब ५४ करोड रुपैयाँको यस्तो वस्तु निर्यात भएको छ ।

    वैदेशिक व्यापार भारतसँग बढी निर्भर

    नेपालको वैदेशिक व्यापार भारतसँग बढी निर्भर रहेको छ । सोहीकारण आयात र निर्यात दुबैमा भारतको हिस्सा अधिक देखिन्छ ।नेपालको वैदेशिक व्यापार कुल १३४ मुलुकभन्दा बढीसँग रहेको छ । यसमध्ये नेपालले भारतबाट २ खर्ब ८७ अर्ब २७ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । नेपालबाट भने ५२ अर्ब ७१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भारतमा भएको छ ।चीनसँग नेपालले ६७ अर्ब २४ करोड रुपैयाँको आयात र २५ करोड रुपैयाँको मात्र निर्यात व्यापार गरेको छ । नेपालले अमेरिकाबाट ५ अर्ब ३२ करोड रुपैयाँको आयात हुँदा ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको निर्यात गर्न सफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑