• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रत्येक महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७८, सोमबार २०:३०
  • ३८४५

    वीरगन्ज | लगातार ६ वर्षदेखि राजश्व संकलनमा सरकारी लक्ष्य पूरा गर्न असफल हुँदै आएको वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रत्येक महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ। मुलुकको प्रमुख भंसार नाका वीरगन्ज भन्सार कार्यालय यसअघि मधेस आन्दोलन, नाकाबन्दी, कारोना महामारी र लकडाउनका कारण प्रभावित हुँदा निरन्तर ६ वर्ष राजश्वको लक्ष्य पूरा गर्न असफल भएको थियो। तर चालु आर्थिक वर्ष २०७८/०७९ सुरु भए यताको तीन महिना ( साउन, भदौ र असोज) मा वीरगन्ज भन्सारले लक्ष्यभन्दा बढी नै राजश्व संकलन गरेको छ।

    चालु आर्थिक वर्षको गत असोज महिनामा लक्ष्यभन्दा २२ प्रतिशत बढी अर्थात ३ अर्ब ७६ करोड ५९ लाख ६० हजार रुपैयाँ बढी राजश्व संकलन गरेको छ।गत असोज महिनाका लागि भन्सार विभागले १६ अर्ब ७५ करोड १ लाख ९७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो। तर कार्यालयले असोजमा २० अर्ब ५१ करोड ६१ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो। यस्तै गत भदौ महिनामा पनि लक्ष्यभन्दा १३ प्रतिशत बढी अर्थात लक्ष्यभन्दा १ अर्ब ९९ करोड ६३ लाख १२ हजार रुपैयाँ बढी राजश्व संकलन गरेको छ। भदौ महिनाका लागि १५ अर्ब ७० करोड ९४ लाख ३४ हजारको लक्ष्य पाएकोमा १७ अर्ब ७० करोड ५७ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन गरेको हो।

    भारतबाट नेपाल भित्रिंदै गरेका मालवाहक गाडीहरु वीरगन्ज भन्सार नाकाको गेटमा । यस्तै चालु आर्थिक वर्षको सुरुकै महिना साउनमा पनि लक्ष्यभन्दा २५ प्रतिशत बढी अर्थात लक्ष्यभन्दा ३ अर्ब १ करोड ८३ लाख २३ हजार रुपैयाँ बढी राजश्व उठाउन सफल भएको छ।गत साउनमा भन्सार विभागले ११ अर्ब ८२ करोड ७५ लाख ५ हजारको लक्ष्य दिएकोमा १४ अर्ब ८४ करोड ५८ लाख २८ लाख रुपैयाँ राजश्व संकलन गरेको हो। यसअघि आर्थिक वर्ष २०७२/०७३ देखि गत आर्थिक वर्ष २०७७/०७८ सम्म लगातार ६ वर्षसम्म राजश्व संकलनको लक्ष्य पूरा गर्न असफल हुँदै आएको थियो। तर चालु आर्थिक वर्षको सुरुवाती महिना साउनदेखि नै लक्ष्यभन्दा बढी नै राजश्व संकलन गर्दै आएको कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए। बढी राजश्व उठ्ने मालवस्तु ( नयाँ सवारीसाधन, इन्धन इत्यादि) को आयात परिमाण बढेका कारण चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म हरेक महिनामा भन्सारले लक्ष्यभन्दा बढी नै राजश्ज संकलन भएको पौडेलले बताए।

    पौडेलका अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिना ( साउनदेखि असोजसम्म) को अवधिमा वीरगन्ज नाका हुँदै नयाँ सवारीसाधनको आयात , गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ३१ प्रतिशतले बढेको छ। यस्तै इन्धन (पेट्रोल, डिजेल, हवाइ इन्धन, एलपी ग्याँस ) को आयात पनि गत आर्थिक वर्षको पहिलो ३ महिना ( साउनदेखि असोजसम्म ) को अवधिभन्दा चालु आर्थिक वर्षको पहिलो ३ महिना ( साउनदेखि असोजसम्म) को अवधिमा ३१.५३ प्रतिशतले बढेको छ।

    यसका साथै लामो समयसम्म चलेको कोरोना माहमारी र लकडाउनपछि अहिले बजार चलायमान भएका कारणले औद्योगिक कच्चा पदार्थ, दैनिक उपभोग्य मालवस्तु इत्यादिको आयात पनि बढेकाले त्यसको प्रत्यक्ष सकरात्मक प्रभाव भन्सार राजश्वमा परेको पौडेलले बताए।पौडेलले भने, ‘राजश्व संकलन बढ्नुको मुख्य कारण २ वटा छन्, एउटा बढी राजश्व दिने नयाँ गाडी र इन्धनको आयात निक्कै बढेको छ। अर्को लकडाउन खुलेपछि बजार चलायमान भएको छ। लकडाउनले विदेशमा लामो समय सम्म रोकिएका मालवस्तु अहिले धमामधम आइरहेको छ।’
    अन्‍नपूर्णपोस्टमा छपिएको छ|

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑