वीरगन्ज । हिन्दु स्वयंसेवक संघ नेपाल पर्साले वीरगन्जमा आयोजना गरेको ७ दिने प्रथामिक शिक्षा वर्ग आज समापन गरिएको छ । वीरगन्जको घण्टाघर स्थित विपी उद्यान पार्कमा आयोजित समापन सामारोहका प्रमुख अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
विश्वको एकमात्र हिन्दु धर्म नै हो, जसले कसैलाई क्षति पु¥याउँदैन तर हिन्दुलाई कसैले क्षति पु¥याउँन खोज्छ भने, आत्म संरक्षण गर्न पूर्व तयारी गर्नुपर्ने उनले बताए । विश्वकै पहिलो हिन्दुधर्मलाई पश्चिमी मुलुकहरुले अंगिकार गरीरहेका छन, यो हिन्दुत्वको लागि गर्व हो ।
तर हाम्रो देशमा केहि व्यक्तिहरु डरलमा आफनो धर्म बेच्ने काम गरीरहेका छन । यो देशको लागि शुभ संकेत होइन । हिन्दुत्वको संरक्षण हुन आवश्यक छ । हिन्दु स्वयंसेवक संघले हिन्दुत्व संरक्षणको लागि चालेको कदम सराहनीय रहेको बताउँदै उनले यसको लागि वीरगन्ज उद्योग वाणिज्य संघले मात्र नभई यहाँका निक्षि क्षेत्रले समेत सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
अध्यक्ष गुप्ताले हिन्दुत्वलाई कसरी अगाडी बढाउँन र हिन्दु समाजलाई कसरी जोड्न सकिन्छ त्यसको लागि आवश्यक पहल गर्न पनि हिन्दु स्वंयसेवक मार्फत उद्योग वाणिज्य संघ तयारी रहेको बताए । यो प्रशिक्षणले सहभागिहरुको मनोबल बढाएको छ । उनले हिन्दुत्वको लागि काम गर्ने उर्जापनि प्रदान गरेको बताउँदै आउँने दिनमा यो भन्दा दोब्बर संख्यामा प्रशिक्षण गर्न सुझाव समेत दिए ।
कार्यक्रममा हिन्दु स्वंयसेवक संघका राष्ट्रिय प्रचार प्रमुख डाक्टर दिपक अधिकारीले हिन्दु स्वंयसेवक संघ कुनै दलको राजनितिक गर्ने राजनितिक संगठन नगरेको स्पष्ट पारे । हिन्दु स्वयंसेवक संघको काम धार्मिक हुनसक्छ, उनले भने, ‘कुनैपनि राष्ट्र र समाजको कार्य भनेको अत्यन्तै पवित्र र उदार्त कार्य हो । जसले राष्ट्र र समाजको लागि पवित्र कार्य गर्छ त्यो संगठन धार्मिक हुन्छ ।’
हिन्दु स्वयंसेवक संघले देशभक्ती कार्य सिकाउँछ । श्वको जागरण नै देशभक्ती हो । अर्कालाई गाली गरेर राष्ट्रभक्ती देशभक्ती हुदैन । विदेशीले दिएको डलरले देशभक्ती खडा गर्न सक्दैन, उनले भने, ‘देशमा देशभक्ती खडा गर्न समाजको सदभावले संगठन चलाउँनु त्यो संगठन नै दिर्घकालिन चल्छ । ’
समाजलाई संगठति गर्ने काम हिन्दु स्वयंसेवक संघले गर्दछ । समर्थ राष्ट्र बनाउँन हिन्दुहरु संगठित समाज निर्माण गर्नै पर्छ । उनले भने, ‘जसरी शरीर भित्र आत्म हुन्छ र त्यसरी नै राष्ट्रको आत्मा नै हाम्रो संस्कृति नै हो । आत्मा विना न शरीर हुन्छ न त राष्ट्र नै ।’ हाम्रो देशको संस्कृति नै हिन्दुत्व हो । नेपाल प्राचिनकालदेखि नै हिन्दु राष्ट्र हो । यसलाई जोगाउँन सम्पूर्ण हिन्दु समाज सगठित हुन जरुरी छ ।
एकसता संचालित प्राथमिक शिक्षा वर्गका सहभागि शिक्षार्थीहरुले समारोहमा आ—आफनो प्रतिभा समेत प्रर्दशन गरेका थिए । वर्गका वर्गाअधिकारी सत्रुधन गिरीको अध्यक्षतामा सम्पन्न समारोहमा जिल्ला सघ चालक ललन द्धिवेदी, जनकपुर सम्भाग प्रचारक लक्ष्मण गिरी लगायत हिन्दु स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।
यसअघि स्वंयसेवक संघले वीरगन्जमा भव्य रुपमा पथ संचालन समेत गरेको थियो । पूर्ण गणवेश, हातमा दण्ड र घोष पथसचालन निकालिएको थियो । विपि उद्यान पार्कबाट निकालिएको पथसंचालन मेनरोड हुदै ओमआश्रम, रानीघाट, घडिअर्वा, कैलाशचोक, आर्दशनगर, माईस्थान, घण्टाघर हुदै पार्कमा पुगि समारोहमा परिणत भएको थियो । चोक चोकमा स्थानिय उत्साहित हिन्दु समाज स्वंयसेवकहरुमाथि पुष्पबर्षा गरेर पथसंचालनलाई भव्य रुपमा स्वागत गरेका थिए ।