वीरगन्ज | भारतले शुक्रबार नयाँ दिल्लीको अनुदान सहयोगमा बनेको जयनगर-कुर्था बीचको ३४.९ किलोमिटरको सीमापार रेल खण्ड नेपाललाई हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले उक्त अवसरको अवलोकन गरेका थिए । परियोजनाको लागि कार्यकारी एजेन्सी, आइआरसीओएन इन्टरनेशनल लिमिटेड (भारत सरकारको तर्फ बाट) यस खण्डको सम्पत्ति नेपाल रेलवे कम्पनी लिमिटेड (नेपाल सरकार को तर्फबाट) लाई हस्तान्तरण गरेको हो । भारत सरकारको अनुदान सहायता अन्तर्गत ३४.९ किलोमिटर न्यारो गेज खण्डलाई ब्रोडगेजमा रुपान्तरण गरी भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको काम सकिएको छ ।
३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा बर्दिबास रेल लिंकको हिस्साहो जुन भारत सरकारको अनुदान ८.७७ अर्बको अनुदान सहायता अन्तर्गत निर्माण भइरहेको हो । यो खण्ड पहिले जयनगर र बिजलपुरा बीचको न्यारो गेज रेल लिंक थियो । जयनगर–कुर्था खण्डमा आठ स्टेसन र हलहरू छन् । जसमा ऐतिहासिक रूपमा महत्वपूर्ण जनकपुर शहर समावेश रहेको विज्ञप्तिमा जनाइएको छ ।
एक पटक सञ्चालनमा आएपछि, यो भारत र नेपालको बीच पहिलो ब्रोडगेज क्रस–बोर्डर रेल लिंक हुने दावी गरिएको छ । व्यापार र वाणिज्य गतिविधिहरु लाई साथै दुबै देशहरुको बीच मानिसहरुलाई मानिसहरु को सम्बन्ध लाई बढावा दिनेछ । सीमापार रेल लिंक भारत–नेपाल विकास सहयोग को एक महत्वपूर्ण पक्ष हो, जसमा जयनगर–बिजलपुरा–बर्दिबास रेल लिंक र जोगबनी विराटनगर (१८.६ किमी) रेल लिंक, दुबै भारत सरकारको अनुदान सहायता अन्तर्गत निर्माण भईरहेको छ ।