रौतहट । रौतहटबाट एक भारतीय नागरिक अवैध रकमसहित पक्राउ परेका छन्। स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भारत बिहार राज्य शिवहर जिल्ला ग्राम पञ्चायत वेलवाघाट–५ बस्ने २२ वर्षीय सुशीलकुमार साह छन्। सीमा प्रहरी चौकी बन्जरहावाट खटिएको प्रहरी गस्ती टोलीले रौतहटको इशनाथ नगरपालिका–१ बन्जरहास्थित बकैया खोलाको बाँधमा चेक जाँच गर्ने क्रममा उक्त रकमसहित साहलाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनले बोकेको झोलाबाट स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँ बरामद गरिएको रौतहट प्रहरीले जनाएको छ।