बारा । महाढिमाई नगरपालिका वडा नम्बर दुई ईनार्वा टोल स्थित श्री ने .रा .प्रा .बि. बिधालयमा स्थानीयले तालचा लगाएका छन् । स्थानीय जयकिशोर यादव र पिनटु ज्वालाको नेतृत्वमा ताल्चा लगाएको हाे । शिक्षको नियुक्तको विषय लिएर ताल्चा लगाईएको बिधालय ब्यावस्थापन समितिको सदस्य जयकिशोर यादवले बताएका छन ।
शिक्षको नियुक्तको विषयलाइ लिएर नेपाल पाेष्ट डेलीका सम्बादाता धिरेन्द्र तिवारीले बिधालयका प्रअ प्रम्हनस यादव सङ्ग कुरागर्दा उनले भने “शिक्षक नियुक्ति सुचना प्रकाशन गरेरै परिक्षा लिएरै सबै प्रक्रिया पुरियाई नियुक्ति भएको हाे ” , र उनले ताल्चा लगाउने ब्याक्तीहरु उनका पुर्वाग्रही ब्याक्ती रहेको बताए ।
उनि संगकाे रिसबिकारण गाउँका दलित बिपन निमुखा जानताको बालबालिकाको भविष्य सङ्ग खेडवाल गरिरहेकाे प्र.अ यादवले बताए । प्र.अ यादवले ताल्चा लगायपनी पठनपाठन गर्न आएका बालबालिकाहरुलाई बिध्यालय बाहिर पाल ओछ्याएर पठनपाठन गरायको बताए । उनले ताल्चा लगाउने ब्याक्तीहरुलाई कार्वाहीको माग्ङ्ग नगरपालिकाको शिक्षा शाखा सङ्ग गरेका छन् ।