वीरगञ्ज। वीरगञ्ज उद्योग वाणिज्य सङ्घले थप समितिहरु विस्तार गरेका छन् । विस्तारित समितिमा सल्लाहकार समिति र तालिम समिति रहेका छन् । सल्लाहकार समितिको संयोजकमा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया र तालिम समितिको संयोजकमा सङ्घका का.स.स. प्रकाश खण्डेलवाल मनोनयन भएका छन् ।
कार्यक्रममा सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले यहाँहरुले समितिहरुको काम कारवाही प्रभावकारी ढङ्गबाट अगाडि बढाउनु हुने छ भनी विश्वास लिएको बताउनुभयो । साथै विस्तार समितिहरुले आनो लक्ष्य प्राप्त गर्न सकेको खण्डमा मात्र सङ्घले आनो समग्र उद्देश्य पूरा गर्न सहज हुने बताउनु भयो ।
समितिका संयोजकहरुले आपूmहरु माथि विश्वास गरी समितिको संयोजकमा मनोनयन गर्नुभएकोमा आभार प्रकट गर्दै आआनो समितिको काम कारवाही आपूmहरुले भ्याएसम्म सक्षमतापूर्वक अगाडि बढाउने आश्वासन दिनुभयो ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष माधव राजपाल, महासचिव मनोजकुमार दास, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल, सहसचिवद्वय सुशान्त चाचान र अनोज रुँगटा, का.स.स. मनोज शर्माको उपस्थिति रहेको थियो ।