• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ : १५ प्रतिशत धानखेतीमा क्षति

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७८, बुधबार १७:०३
  • २३१७

    वीरगन्ज | देशभरी केही दिनयता भइरहेको बेमौसमी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। यद्यपि प्रदेश २ मा वर्षा भएपनि मानवीय क्षति भने भएको छैन। यसका साथै नदीहरुमा पानीको सतह घट्दै गइरहेकाले खासै अप्रिय घटनाहरु भएका छैनन्। तर प्रदेश २ मा लगातारका वर्षाका कारण धानखेतीमा क्षति पुगेको छ। प्रदेश २ मा अगौटे धानमा ठूलो क्षति पुगेको छ। प्रदेश २ का खेतहरुमा लगाइएका धानमध्ये १५ प्रतिशत धानमा क्षति पुगेको छ। कात्तिक महिनामा अप्रत्याशित रुपमा हावाहुरीका साथै अविरल वर्षाका कारण बालासम्म फुट्न नपाएको धानको बिरुवा पानीमा ढलेको छ। ढलेका धानहरुमा क्षति पुग्‍ने किसानहरुको भनाइ छ। यद्यपि कम लम्बाई हुने धानहरु सोना मनसुली, कतरनी, रामविलासलगायतका धानहरुमा क्षति नपुग्‍ने अनुमान गरिएको छ। त्यस्तै वास्मती, करिया कामुर लगायतका धानहरुको बढी लम्बाई हुने भएकाले पानीमा ढलेको र बाला फुट्न नपाउँदै पानीमा गल्ने सम्भावना बढेको छ।

    ४ मेट्रिक टन प्रति हेक्टर धान उत्पादन हुने अनुमान गरिएको धनुषा जिल्लामा धान उत्पादनमा यो वर्षाका कारण कमी आउने कृषि ज्ञान अध्ययन केन्द्र धनुषाका प्रमुख शंकर साहले जानकारी दिए। उनका अनुसार धनुषामा धान खेतीमा खासै असर नपरेपनि बाला फुटि सकेको धानमा क्षति पुग्ने उनले बताए। धनुषा जिल्लामा ४ मेट्रिकटन प्रति हेक्टर धान उत्पादनको अनुमान गरिएकोमा केही ह्रास आउने उनले बताए। धनुषा जिल्लामा यस वर्ष ५८ हजार हेक्टरमा धान खेती गरिएको छ। नेपाल समय सर्लाही जिल्लामा काट्न बाँकी रहेको अगौटे धान मध्ये ५० प्रतिशत धानमा क्षति पुगेको कृषि ज्ञान अध्ययन केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुश्वाहाले जानकारी दिए। उनका अनुसार अगगौटे धानमध्ये ७५ प्रतिशत धान काटि सकिएको र बाँकी रहेको २५ प्रतिशत धान मध्ये ५० प्रतिशत धानमा क्षति पुगेको हो। ४० हजार हेक्टरमा धान खेति गरिएको सर्लाही जिल्लामा अगौटे र पछौटे धान मिलाएर कुल १५ प्रतिशत धानमा क्षति पुगेको कुश्वाहाले बताए। सर्लाहीमा ४ मेट्रिक टन प्रति हेक्टर धान उत्पादन हुने अनुमान गरिएको थियो।

    त्यस्तै बारा तथा पर्सा जिल्लामा समेत १० प्रतिशत धानमा अविरल वर्षाका कारण क्षति पुगेको छ। कृषि ज्ञान अध्ययन केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले सबै स्थानीय तहसँग सम्पर्क गरेर धान खेतीमा पुगेको क्षतिबारे सूचना संकलन गरि रहेको जानकारी दिए। बारामा ५८ हजार हेक्टर जग्गामा धान खेती गरिएको छ ।महोत्तरीमा गहिरो खेतमा रहेका धानहरुमा ठूलो क्षति पुगेको छ। यद्यपि अन्य भागमा रहेका खेतहरुमा पानी लागेपनि धान उत्पादनमा खासै ह्रास नआउने कृषि ज्ञान अध्ययन केन्द्र महोत्तरीका प्रमुख देवानन्द रायले जानकारी दिए। महोत्तरीमा ४६ हजार हेक्टर जग्गामा धान खेती गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑