• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दशैँमा झन् धेरै दुर्घटना, दुर्घटना हुन नदिन के गर्ने ?

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७८, बुधबार १६:३७
  • १८८१

    वीरगन्ज | दशैँको अवधिभर देशका विभिन्न ठाउँमा भएका दुर्घटनामा एक सयभन्दा धेरैको ज्यान गएको छ । ती दुर्घटनामा नाै सयभन्दा धेरै घाइते भएका छन् । घटस्थापनाको दोस्रो दिन असोज २३ गते शनिवार सङ्खुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो । त्यही दिन सप्तरीको रुपनीमा जीपको ठक्करबाट एक जना बालकको ज्यान गयो । असोज २४ गते आइतवार स्याङ्जाकाे वालिङमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो भने १६ जना घाइते भए । त्यही दिन दैलेखमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो भने नाै जना घाइते भए । त्यस्तै रोल्पा तथा रुकुम पश्चिममा भएको छुट्टाछुट्टै जीप दुर्घटनामा दुई जनाको ज्यान गयो भने तीन जना घाइते भए । दुर्घटनाको कारण थियो ‘ब्रेकफेल’ । असोज २५ गते अर्थात् फूलपातीको अघिल्लो दिन कास्कीको घान्द्रुकमा भएको जीप दुर्घटनामा काठमाण्डौबाट घुम्न गएका सातसहित आठ जनाले ज्यान गुमाए । त्यही दिन अछाममा भएको जीप दुर्घटनामा चार जनाको ज्यान गयो भने १३ जना घाइते भए । असोज २६ गते मङ्गलवार फूलपातीको दिन मुगुमा भएको बस दुर्घटनामा ३२ जनाको ज्यान गयो भने १३ जना घाइते भए । त्यही दिन डडेल्धुरामा भएको बस दुर्घटनामा १६ जना घाइते भए ।

    यस्तै असोज २९ गते टीकाको दिन गुल्मीमा भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गयो भने ६ जना घाइते भए । त्यही दिन ताप्लेजुङमा भएको जीप दुर्घटनामा १८ जना घाइते भए । असोज ३० गते मकवानपुरमा भएको जीप दुर्घटनामा चार जनाले ज्यान गुमाए । त्यसै दिन स्याङ्जाको गल्याङमा भएको जीप दुर्घटनामा पाँच जना घाइते भए । कार्तिक १ गते नुवाकोटको किस्पाङमा भएको बस दुर्घटनामा २० जना घाइते भए । त्यही दिन नवलपरासीको नवलपुरमा भएको अर्को बस दुर्घटनामा ४२ जना घाइते भए । दशैं अवधिभर सबैभन्दा धेरै दुर्घटना कर्णाली प्रदेशमा भएको छ । कर्णाली प्रदेशमा मात्रै ३७ जनाले ज्यान गुमाए भने ६४ जना घाइते भए । हरेक वर्ष दशैँकै बेला धेरै दुर्घटना हुने गरेका छन् । गाडीमा क्षमताभन्दा धेरै यात्रु राख्ने गरेकाले दशैँ लगायतका चाडपर्वमा धेरै दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । एउटै गाडी धेरै सञ्चालनमा ल्याउँदा पनि दुर्घटना हुने गरेको छ । चाडपर्व तथा अन्य समयमा हुने यस्ता दुर्घटना रोक्न सम्बन्धित सबैको आ–आफ्नै जिम्मेवारी हुन्छ । दुर्घटना रोक्न चालक–सहचालक, यातायात व्यवसायी र यात्रुले के–के कुरामा ध्यान दिने त ?

    ट्राफिक प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासको सुझाव यस्तो छ :

    चालक–सहचालक

    सबैभन्दा पहिले चालकले मादक पदार्थ सेवन गरेर गाडी नचलाउने । चालक तथा सहचालकले गाडी गुडाउनु अगाडि आफ्नो गाडीको ब्रेकलगायत अन्य पार्टपुर्जा ठिक छ/छैन जाँच गर्ने । गाडीको भारवहन क्षमताभन्दा धेरै यात्रु नराख्ने । गाडी चलाउँदा मोबाइल फोनको प्रयोग नगर्ने, आफ्नो लेनबाट मात्र हिँड्ने गरेमा पनि दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । गाडीलाई अत्यधिक गतिमा नदौडाउने । छिटो पुग्ने नाममा हतारिएर अनावश्यक ओभरटेक नगर्ने । लामो दुरीमा यात्रा गर्दा तीन/चार घण्टा यात्रा गरिसकेपछि एकछिन आराम गर्ने ।

    साँघुरो बाटोमा यात्रा गर्दा गति सीमित गर्ने । बाटोमा राखिएका ट्राफिक सङ्केत तथा नियमको राम्रोसँग पालना गर्ने । साथै यात्रामा अपनाउनुपर्ने नियम तथा सावधानीलाई के हुन्छ र भन्दै हेलचेक्रयाइँ नगर्ने । अत्यधिक खुशी वा मानसिक तनाव र अस्वस्थ भएका बेला चालकले गाडी चलाउने गर्नु हुँदैन । गाडीमा यात्रुसँग अनावश्यक कुरा नगरि ध्यान बाटोमा केन्द्रित गर्ने गर्नुपर्छ । साथै गाडी चलाउँदा मोबाइल फोनमा कुरा गर्ने पनि गर्नु हुँदैन । गाडी सडकको बीचमा रोकी अन्य गाडी चालकसँग कुरा गर्ने पनि गर्नु हुँदैन ।

    सहचालकले अनावश्यक भिड हुने गरी यात्रु तथा सामान नराख्ने । चालकले गाडी चलाउँदा राम्रोसँग बाटो हेर्ने तथा गाडी ब्याक गर्नुपरेको खण्डमा ठाउँ पुग्छ/पुग्दैन हेर्ने । गाडी ब्याक गर्दा वर्षाले जमिन गलेका कारण भासिएर दुर्घटना हुन सक्ने हुनाले त्यस्ता कुरामा विशेष ख्याल गर्ने । सह–चालकले अनावश्यक कुरा गरी चालकको ध्यान अन्यत्र मोड्ने गर्नु हुँदैन । कोरोनाको जोखिम कायमै रहेकाले गाडीमा चढ्ने यात्रुलाई मास्कको प्रयोग गर्न लगाउने । गाडीमा स्यानिटाइजरको व्यवस्था गरेर गाडी चढ्नु अगाडि यात्रुलाई स्यानिटाइजर प्रयोग गरेर मात्र गाडी चढ्न लगाउने ।

    व्यवसायी

    व्यवसायीले आफ्नो गाडीको अवस्था कस्तो छ हेरेर बेलाबेलामा मर्मत गराउने तथा चुस्त दुरुस्त राख्ने । गाडी ड्राइभरले चलाउने त हो नि भनेर ड्राइभरको भरमा छोड्दा दुर्घटना भइ स्वयम् व्यवसायीले पनि मानसिक तनाव तथा धनको नोक्सानी बेहोर्नुपर्ने हुन्छ । गाडीमा सुविधा तथा आरामदायी बनाउन आवश्यक उपकरण राख्ने । लामो दुरीमा यात्रा गर्दा दुई जना चालकको व्यवस्था गर्ने । एक जनाले पनि भइहाल्छ भनेर हेलचेक्रयाइँ नगर्ने । अग्नि नियन्त्रकलगायत प्राथमिक उपचारका सामान्य औषधिको व्यवस्था गर्ने । ड्राइभरले आफ्नो गाडी कसरी चलाउँदैछ, कहाँ लग्योलगायत जानकारी राख्ने गरेमा पनि ड्राइभरले गाडी जथाभाबी चलाउने गर्दैनन् । गाडी तथा यात्रुको बीमा गर्नुपर्छ । यात्रुको जिम्मेवारी

    यात्रुले पनि गाडीमा चढ्दा आफ्नो अनुशासन कायम राख्नुपर्छ । गाडी चढ्दा अनावश्यक भिड नगर्ने । ठाउँ नै नभए पनि कोचिएर यात्रा नगर्ने । हतार छ भन्दैमा छतमा यात्रा नगर्ने । साथै ढोकामा झुन्डिएर पनि यात्रा नगर्ने । गाडीमा अनावश्यक हो–हल्ला नगर्ने । हो–हल्ला गर्दा चालकको एकाग्रता भङ्ग हुने डर हुन्छ । यात्रा गर्दा चालकलाई यो गीत र त्यो गीत लगाउनुस् भनेर चालकको ध्यान अन्यत्र मोड्ने काम पनि यात्रुले गर्नु हुँदैन । यात्रा गर्दा हतार भयो अलि छिटो गरौँ न गुरुजी भनेर चालकलाई गाडी दौडाउन दबाब दिने काम पनि दुर्घटनाको कारण हुन सक्छ । बरु चालकले तीव्र गतिमा गाडी चलाएको छ भने त्यसरी नचलाउनुस् भनेर सम्झाउने गर्नुपर्छ ।

    चालकले गाडी ब्याक गर्दा गाडीबाट निस्किएर यसो गर्नुस् र त्यसो गर्नुस् भनेर नभन्ने । त्यसो गर्दा चालक अनावश्यक रूपमा झर्किने, रिसाउने गर्छन् । जसले गर्दा केही तनाव पनि सृजना भइ गाडी दुर्घटना हुने सम्भावना हुन्छ । गाडीमा चढ्दा टाउको, हातजस्ता अङ्गहरू झ्याल बाहिर ननिकाल्ने । साथै यदि चालकले रक्सी तथा लागुपदार्थ खाएकाे थाहा भएमा त्यस्ता चालकलाई गाडी चलाउन नदिने गर्नाले पनि दुर्घटना रोकथाम गर्न सकिन्छ ।

    ट्राफिक प्रहरीको भूमिका

    सम्भावित दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । चालकले रक्सी खाएकाे छ/छैन, गाडी तीव्र गतिमा चलाएको छ/छैन भन्नेबारेमा पनि ट्राफिक प्रहरीले ध्यान दिनुपर्छ । ट्राफिक नियमको पालना नगरि चालकले गाडी अगाडि बढाएमा उसलाई अघिल्लो स्टेशनमा कारबाहीका लागि आफ्ना सहकर्मीलाई खबर गर्ने गर्नुपर्छ । लामो दुरीका चालकलाई अहिले विश्रामस्थलको समेत व्यवस्था गरिएकाले यस्तो अवस्थामा चालकलाई तीव्र गतिमा गाडी नचलाउन अनुरोध गर्ने । साथै लामो दुरीमा एक जना मात्रै चालक भए वा शारीरिक थकान वा निद्रा आदि लागेको छ भने उसलाई गाडी चलाउन नलगाइ अर्को चालकको व्यवस्था गर्न लगाउने गर्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑