रौतहट । अविरल रूपमा परेको बेमौसमी पानी तथा हावा हुरीले जिल्लामा काटेको र पाक्नै लागेको धानबालीमा क्षति पुगेको हो । हिजो राती र आज बिहान हावाहुरी सहित आएको बर्षाका कारण रौतहटका किसानले लगाएको धानबाली नष्ट भएको छ ।
धान काटेर खेतमा सुकाउन फिजाएर राखेको बेला अनपेक्षित वर्षातका कारण सुरक्षित स्थानमा राख्नसमेत नभ्याउँदा क्षति पुगेको किसानले बताएका छन ।
खेतमा पाकेर काटने तयारी गर्दे गर्दा हावाहुरी सहित आएको बर्षाले धानबालीमा ठुलो नोक्सानी भएको सिन्धुरेघारीका किसानले बताए । जिल्लाको उत्तरी भेगका बर्षाका कारण मारमा परेको समेत उनको भनाई रहेको छ ।