वीरगंज | आइतबारदेखि सुरु भएको टी २० विश्वकपको पहिलो दिनको दोस्रो खेलमा स्कटल्याण्डले जित निकालेको छ।ओमन र युएईमा जारी विश्वकपमा स्कटल्याण्डले ६ रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १४० रन बनाएको थियो।
तर जबाफी ब्याटिङमा बंगलादेशले पूरा ओभरमा ७ विकेट गुमाएर १३४ रन मात्र बनाउन सकेपछि स्कटल्याण्डले जित निकालेको हो।स्कटल्याण्डका कृस ग्रेविसले सर्वाधिक ४५ रन बनाए भने जर्ज मुन्सेले २९ रन जोडे। बलिङतर्फ बंगलादेशका मेहेदी हसनले ३, शकिब अल हसन र मुस्तफिजुर रहमानले समान २-२ विकेट गिराए।
बंगलादेशका मशफिकर रहमानले सार्वधिक ३८ रन बनाए। यता स्कटल्याण्डका ब्राड व्हिलले ३ र ग्रेविसले २ विकेट गिराए।विश्वकपको पहिलो खेलमा ओमनले पपुवा न्युगिनीलाई १० विकेटले हराएको छ।