• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बोक्सी भन्दै महोत्तरीमा आफ्नै भाउजूको हत्या

  • वीरगंज संजाल
  • ३१ आश्विन २०७८, आईतवार २१:०२
  • ३८४५

    महोत्तरी । महोत्तरीमा बोक्सी भन्दै एक महिलाको हत्या भएको खुलेको छ।महोत्तरी गाउँपालिका ३ स्थित मडै बस्ने ४२ वर्षीया शिलादेवी झालाई आफ्नै देवरले गएको बिहीबार हतौडा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोपमा पक्राउ परेका शिलाका देवर ४२ वर्षीय संजय झालाई सार्वजनिक गरेको हो।प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित सोनापडामा ज्याला-मजदुरी गर्दै बसेका झा गत बुधबार राति साइकल चढेर घर पुगेका थिए। राति उनी त्यहीँ बसे। बिहानै करिब ३ बजेतिर शिला सुतिरहेकै स्थानमा संजयले उनको टाउकोमा हतौडा प्रहार गरी ज्यान लिएको महोत्तरीका एसपी दिनेश अचार्यले जानकारी दिए।

    हत्या गरेलगत्तै उनी जनकपुर फर्केका थिए। शिलाले दिएको केरा खाएर आफ्नी श्रीमतीको गर्भ तुहिएको आरोप लगाउँदै, रिसको झोंकमा संजयले उनको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो।श्रीमतीको गर्भ तुहिएपछि संजय श्रीमतीकै हजुरआमाको जनकपुरस्थित घरमा बस्न गएका थिए। संजयले प्रहरीलाई दिएका बयान अनुसार उनकी श्रीमतीले बेलाबेलामा मुखबाट फिँज निकाल्ने र बिरामी भई रहन्थिन्। अस्पतालमा जाँच गराउँदा पनि सुधार हुन सकेको थिएन। ‘डेढ महिना अगाडि उनीहरूले झाँक्री लगाएका रहेछन्। संजयकी श्रीमती कामेकी रहिछन्। त्यो क्रममा उनले आफूलाई शिलाका मृतक माइला छोरा हुँ, शिलाले आफ्ना श्रीमान र आफूलाई टुनामुना गरी मारेको भन्दै अब संजयकी श्रीमतीलाई समेत मार्ने भनेकी रहिछन्,’ एसपी आचार्यले संजयको बयान उद्धृत गर्दै भने।

    त्यसपछि शिलाले दिएको केरा खाएकै कारण श्रीमतीको गर्भ तुहिएको मानसिकता बनाएर संजयले उनको हत्याको योजना बनाएको पनि आचार्यले जानकारी दिए।
    एसपी आचार्यका अनुसार संजयले शिलालाई १२ लाख ३९ हजार रुपैयाँ सापटी रकम समेत दिएका थिए।‘पटक– पटक फिर्ता माग्दा पनि पैसा पाएका रहेनछन्। भाउजूलाई मारेपछि मात्र आफ्नो परिवार सुरक्षित हुन्छ भन्ने अन्धविश्वासका कारण हत्या भएको हो,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑