वीरगंज । राष्ट्र बैंकले नयाँ नोट वितरण मात्रै होइन पुराना, झुत्रा नोट पनि जलाउँछ । बैंकले प्रतिवर्ष करिब ४०/४५ अर्बको नोट नष्ट गर्ने गर्दछ ।
पछिल्लो समय भने राष्ट्र बैंकले झुत्रा नोटलाई जलाउनुको सट्टा ब्रिकेट बनाएर बेच्न थालेको छ । जलाउँदा वातावरण प्रदूषण हुने भएकालाई त्यसलाई कम गर्न राष्ट्र बैंकले विदेशबाट उपकरण ल्याएर पुराना नोटको ब्रिकेट बनाउन थालेको हो ।
नेदरल्यान्डबाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको हो । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो ।