• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    असोज मसान्तसम्म ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्यमा सरकार चुक्यो, नजिक पुग्यो

  • वीरगंज संजाल
  • ३० आश्विन २०७८, शनिबार १३:४७
  • २९२१

    काठमाडौँ । सरकारले चैत महिनासम्म सम्पूर्ण नागरिकलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाइसक्ने लक्ष्य राखेको छ । सो अनुसार असोज मसान्तसम्म ३३ प्रतिशत नागरिकहरूलाई खोप लगाइसक्ने लक्ष्य राखेको थियो ।यद्यपि, असोज २९ गतेसम्म सरकारले लक्ष्यको झन्डै ३० प्रतिशत नागरिकलाई मात्रै खोप लगाएको छ । असोज महिना सकिन दुई दिन मात्रै बाँकी रहँदा सरकारले थप ३ प्रतिशत नागरिकलाई खोप लगाउन सक्ने सम्भावना कम देखिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले करिब २ करोड १८ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले सम्पूर्ण नागरिक भन्ने गरेको सङ्ख्या हो २ करोड १८ लाख ।असोज २९ गतेसम्मको तथ्याङ्क हेर्दा ६४ लाख ६० हजार १ सय ५९ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । यो सङ्ख्या लक्ष्यको २९.७ प्रतिशत हो ।स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार असोज २७ गते २ हजार २ सय ७५ जनाले खोप लगाएका छन् । यस्तै असोज २८ गते ४ हजार ७ सय ८४ जनाले खोप लगाएका छन् । असोज २९ गते खोप लगाउनेको सङ्ख्या शून्य छ ।

    दसैँको माहौल जारी रहँदा असोज ३० र ३१ गते पनि उल्लेख्य सङ्ख्यामा खोप लाग्ने सम्भावना भने न्यून देखिन्छ । यसो हुँदा सरकारले असोज मसान्तसम्म ३३ प्रतिशत नागरिकलाई खोप लगाउन सक्ने सम्भावना कम देखिन्छ ।तत्कालीन स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठ एवं स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पटक पटक असोज मसान्तसम्म ३३ प्रतिशत नागरिकलाई खोप लगाउने बताएका थिए ।

    असोज २९ गतेसम्मको तथ्याङ्क हेर्दा १ करोड ४८ लाख ५७ हजार ५ सय ६१ डोज खोप लगाइ सकिएको छ ।स्वास्थ्य सेवा विभागका डा. उपेन्द्र ढुङ्गानाका अनुसार हालसम्म करिब १ करोड ८८ लाख डोज खोप नेपाल भित्रिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑