• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आज विश्व खाद्य दिवस

  • वीरगंज संजाल
  • ३० आश्विन २०७८, शनिबार ०७:११
  • ३८८१

    विश्व खाधान्न दिवस, आज एउटा महत्वपूर्ण दिन । भरिएका भकारी, चामलका बोराहरु, चिउरा, गहुँ, कोदो अनि बार्दलीमा झुण्डाएका मकैका घोघाहरु यि अनि यस्ता धेरै अन्नहरु अनि खाधान्नहरु नेपाली घरमा अनि गाँउमा देखिन्छन्, पाइन्छन् । पशुपती नाथको कृपा नै मान्न पर्दछ, अहिलेसम्म नेपाली समाजमा अनि नेपाली माटोमा उव्जनी अनि मछिन्द्रनाथको कृपाले पानीका थोपाहरु ले हरियाली कायम गरिनै रहेका छन् ।

    कूल जनसख्याँको ८० प्रतिशत भन्दा बढि कृषीकार्य मा रहेको तथ्याकं भएको दुई दशक अगाडीको नेपालमा अहिले पनि अधिकांश घरधुरि हरु कृषीकर्म संगै माटो खनीखोस्रिएर आफ्ना जिवीका चलाँउदछन् । अझै पनि ६० प्रतिशत भन्दा बढी जनसंख्याका नेपाली कृषि कार्यमा प्रत्यक्ष र परोक्ष किसिमले संलग्न रहेको तथ्याङ्क रहेको छ । हामीमध्ये पनि धेरैजनाको पारिवारिक पेशा नियाल्ने हो भने एक या दुई पुस्ता अगाडी कृषकको छाप रहेको भेटिन्छ ।

    हरेक वर्षको अक्टोवर १६ को दिन विश्वभरि खाधान्न संकट र भोकमरिको विरुद्ध एक्यवद्धभई लड्नकालागि विश्व खाद्यान्न दिवस मनाइन्छ ।

    सन् २०२१ को विश्व खाधान्न दिवसको नारा भनें Our actions are our future हो, हाम्रो कदमहरु नै हाम्रो भविष्य हो भनेंर यस वर्ष खाधान्न सार्वभौमिकतामा विशेष ध्यान दिइएको छ ।

    विश्व खाद्यान्न तथा कृषी संगठन एफ.ए.ओ. का अनुसार जलवायू परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न संकट नै हो । स्थानीय विशेषता रहेका अन्नवाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायूक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने विउ विजन लोप हुँदै जानू २१ औ शताब्दिको खाद्यान्न व्यवस्थापनको चुनाैति हो ।

    विश्वकै ईतिहास हेर्ने हो भनें पनि दोश्रो बिश्वयूद्ध पछिको समयमा खाधान्नो खोजीमा लाखौं मान्छेहरु एक ठाँउवाट अर्को ठाँउमा अनि एउटा देश वाट अर्कोमा बसाँई सरेको देखिन्छ, बसाँईसराई र खाधान्नको सुरक्षा एउटा गहन समबन्ध भएको तथ्य हो । एक ठाँउवाट अर्को ठाँउमा बसाईसर्दा आगमन बिन्दुमा भएको सिमीत खाधान्न र उत्पादकत्वमा ह्रास आउने कारणले खाधान्न संकट बिकसीत ठाँउमा झन धेरै हुने संभावना छ ।

    ५० बर्ष अगाडीको शहर र आजको शहर तुलना गर्ने हो भने उव्जाउने हात भन्दा खाने मुख मात्र बढेका छन्, खाधान्न संकट व्यबस्थापनका लागि यो एउटा समस्या हो । प्रविधी, सञ्चार र भौतिक पूर्वाधारमा रमाइरहेको बिश्वलाई सुस्तरि खाधान्न उत्पादन तर्फ लगानी र उत्साह घटेकाले हुने भावी समस्या प्रति जागृत गराउन पनि बिश्व खाधान्न दिवस महत्वपूर्ण छ । एउटा तथ्याकंका अनुसार सन् २०२५ सम्मा बिश्वमा खाधान्न अभाव भएर बिकसीत देशका ठूला ठूला निगमहरु बिकासोन्मुख देशका खाली जमिनमा कृषी गर्न लगानी गर्ने दावा गरिएको छ ।

    संसारका न्यूनतम् आर्थिक अवस्था भएका विपन्न वर्गहरुमा कृषक, माछा मार्ने मान्छेहरु र घरपालुवा जनावर पाल्ने जस्ता पेशागर्ने मान्छेहरु छन् जसलाई बढ्दो पृथ्वीको तापक्रम, प्रकृती अनि मौसम सम्बन्धि बारम्बार हुने प्रकोपहरुले धेरै दुःख दिनेगर्दछ । अर्कोतर्फ पृथ्वीको जनसंख्या पनि दिनानूदिन बढ्दो क्रममा छ र बढ्दो जनसंख्याको यो अनुपातलाई खाद्यान्न पर्याप्ततातर्फ लैजान कृषिका पारम्परीक विधीहरुलाई पनि जलवायू परिवर्तन अनुकूल बनाउँदै अझ उत्पादनमुखी र ब्यवसायीकरण गर्न जरुरी छ । थोरै जमिनमा पनि माैसम तथा वेमाैसमी कृषी गरेर धेरै भन्दा धेरै उत्पादन सक्नु, खाद्यान्नको एकदमै मितब्ययी प्रयोग गर्नु आजको आवश्यक्ता हो । खाद्यान्न वितरण गर्ने प्रणालीहरु पृथ्वीका तमाम जीवनसम्म समान, सहज रूपले नीतिसम्वत पुर्याउन आवश्यक छ ।

    मानव सभ्यतापूर्वनै कृषि एउटा पेशाकारुपमा आएको हो, कृषि कार्यलाई आजभोली माटोसंगको धुलाम्मे, हिलाम्मे फोहोरी पेशा र दुःख पाइने पेशाका रुपमा नयाँ पुस्तालाई व्याख्या गरिन्छ तर वास्तविकता त के हो भने आज कोही किसानले शहरभन्दा पर खेतमा पसिना चुहाएर अन्न रोपिदिएन भने भोली हामी सुकुमार भएकै भरमा थालमा अन्न झर्दैन ।

    विशेषतः नेपालमा अझैपनि हामीहरु ब्यवसायीक कृषिमा सक्षम छैनौ र त्यस्का मूल कारण कृषि शिक्षामा विद्यार्थीहरूलाई प्रोत्साहन, आकर्षण गर्न नसक्नु, सरकारी नीतिनिर्माणका कुराहरूमा गफ धेरै काम कम हुनु अथवा यस्ता अन्य अनेक कारणहरु छन् । वर्षभरि परिवारलाई खान पुग्ने अन्नलाई भकारीमा थुपार्नु सम्म मात्र कृषि कार्यलाई सिमीत गर्न हुँदैन, कृषिमा क्रान्ति ल्याउन जरुरी छ र कृषिलाई सरल पेशा नबनाएर यसलाई उद्योगका रुपमा परिभाषित गर्न जरुरी छ । हाम्रो कृषि पेशा र संलग्न कृषक एउटा सफल उद्यमी र समाजसेवी भएर पेशालाई आफू पनि बाँच्ने र समूदायसम्म गुणस्तरीय उत्पादन पुर्याउने एउटा उदाहरण नबनेसम्म हाम्रो कृषिमा परिवर्तन आउन सक्दैन ।

    सन् १९६० को दशकमा नेपाल संसारभरि चामलको छैठौ धेरै निर्यात गर्ने देशहरुमा पर्थ्यो तर विस्तारै नेपालमा कृषिकार्य ह्रास हुँदै गयो र आज नेपालले चामल लगायत धेरै कृषिजन्य उत्पादनहरु आयात गर्ने कार्यले शिखर चुम्दै छ ।

    नेपालीहरु वैदेशीक रोजगारप्रति आकर्षित हुन थालेपछि हाम्रा हलो र जूवाहरुमा खिया लाग्न थालेका छन्, गोरु र गोठ सुनसान भएको छ । भकारीवाट झिकेर खाइने धान चामलको साटो बोरामा पसलबाट अन्न आउन थालेको छ तर हाम्रो उब्जनशील खेत र माटोहरु बाँझै छन् । ति खेतहरुको अनि माटोको उचित प्रयोग गर्नसक्ने प्रविधी, पूँजी र सीप भएमा नेपालीहरु विदेशिन पर्दैनथियो होला, यस तर्फ ध्यान दिन जरुरी छ ।

    संसारमा कूल प्रयोग हुने अन्नमा एकतिहाई खेर जाने अनि फालिने तथ्याङ्क छ, यो दूर्भाग्य हो । भोकमरीग्रस्त क्षेत्रमा खान नपाएर मान्छेहरु भोकभोकै छाला र हड्डीमात्र भएर बाँचिरहेका छन्, जीवनरक्षा गर्नसक्ने खानेकुराहरु हामी खेर फालिरहेका पनि हुन्छौ, अन्नको महत्व बुझ्न जरुरी पनि छ । किनभने जब भोकको कुरा आँउछ, संसारमा कसैले पनि भोकै बस्न नपरोस भन्ने कुरा सबैजनाको प्राथमिकतामा हुनपर्दछ ।

    स्कूलको पाठ्यक्रममा पूर्वब्यवसायीक शिक्षाका रुपमा कृषि कार्य र औजारहरुका बारेमा शिक्षा दिने बिषय हटाइएको धेरै भयो । आउँदा पुस्ताहरुलाई कृषिकार्य प्रति उत्सुक्ता जगाउन र ज्ञान बढाउन जरुरी छ । अबका दिनमा नेपाली माटोहरु ब्यवसायीक प्रकृतीमा खोस्रिने प्रणाली आउन्, देशमैं कृषि औजारका कारखाना र अनुसन्धान कार्य पूर्नजीवित बनाइयोस् र कृषिलाई सहज कर्जा र पूँजी उपलब्ध हुन सकोस । कृषक, उपभोक्तहरुबिचको मझौलियाहरुको चलखेल कम होस र उत्पादक र उपभोक्ताबिच पारदर्शी सम्बन्ध कायम होस् । भूमीको वितरण पनि उत्पादन सहयोगी रुपमा होस, सिंचाइको सुविधा सरल होस अनि बजार ब्यवस्थापन पनि न्यायोचीत होस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑