• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दशैंमा नोटको सुरक्षा : काम नलाग्ने बनाए जेल जान सकिन्छ

  • वीरगंज संजाल
  • २९ आश्विन २०७८, शुक्रबार ११:२६
  • ४१०१

    काठमाडौं । यस वर्ष नेपाल राष्ट्र बैंकले दशैंको अवसर पारेर करिब ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको छ । हरेक वर्ष सर्वसाधारणहरुका लागि केन्द्रीय बैंकले नयाँ नोट उपलब्ध गराउँदै आएको छ ।दशैं नजिकिएसँगै नेपालीहरुको घर–परिवारमा नयाँ नोटको खोजी सुरु हुन्छ । दशैंमा टीका लगाएर नयाँ नोटको दक्षिणा दिने चलन निकै पुरानो भइसक्यो । यही प्रचलनलाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निस्काशन गर्छ ।मूल्यका हिसाबले पुरानो र नयाँ नोट एउटै हो । तर, पुरानो नोट आदानप्रदान गर्दा दशैंको आभास नै आउँदैन । त्यसैले नयाँ नोट यतिबेला ‘चिज’ बन्छ । तर, नयाँ नोटलाई राम्ररी हिफाजत नगर्दा पुरानो देखिन समय पनि लाग्दैन ।दशैंमा पुजामा प्रयोग गरिने, पानीमा चोबलिने, अविर लगाउने जस्ता कार्यले नोटको आयु कम हुन्छ । नोट छिटो बिग्रिए छिटो–छिटो छपाउनु पर्ने हुन्छ र त्यसका लागि राष्ट्र बैंकले ठूलो धनराशी खर्च गर्नु पर्छ । त्यसैले नयाँ नोटको हिफाजतका लागि राष्ट्र बैंकले बारम्बार आग्रह गर्ने गरेको छ ।

    आमरुपमा ठूला नोटको तुलनामा साना नोटलाई बेवास्ता गरिन्छ । त्यसैले साना नोट चाँडै च्यातिने गरेको राष्ट्र बैंकको विगतको तथ्यांकहरुले देखाउँछन् । हजार र पाँच सयका नोट बढी जतन हुने भएकाले तिनको आयु तुलनात्मकरुपमा बढी हुने गरेको राष्ट्र बैंकले जनाएको छ ।केन्द्रीय बैंकको एक सर्वेक्षणले देखाएअनुसार ठूला नोटको तुलनामा साना नोट छिटो काम नलाग्ने अवस्थामा पुग्छन् । जबकि नोटको गुणस्तरमा खासै फरक हुँदेन । हजार र पाँच सय नोटको तुलनामा पाँच, दस, बीस, पचास, सयका नोट छिटो काम नलाग्ने अवस्थामा पुगेको राष्ट्र बैंक बताउछ ।यसपाली पनि राष्ट्र बैंकले सर्वसाधारणलाई दशैँमा वितरण गरेका नयाँ नोट जतन गरेर चलाउन आग्रह गरेको छ । वर्षेनी नयाँ नोट निष्काशन गरेपनि छिट्टै पुराना भइहाल्ने समस्या दर्शाउँदै राष्ट्र बैंकले नयाँ नोट जतन गर्न आग्रह गरेको हो । राष्ट्र बैंकले नयाँ नोटलाई दशैँ तिहारमा रङ र पानीबाट बचाउनसमेत आग्रह गरेको छ ।

    कसरी गर्ने जतन ?

    दशैंका बेला नयाँ नोटको कसरी सुरक्षा गर्ने भनेर राष्ट्र बैंकले हरेक वर्ष सर्वसाधारणहरुलाई सचेत गराउँदै आएको छ । नयाँ नोट दक्षिणका रुपमा दिने तर केही सावधानीहरु अपनाए नोटको आयु नघट्ने राष्ट्र बैंकले बताएको छ । के–के गरेर सुरक्षित राख्नछ सकिन्छ हेर्नुस्

    १. अविर नलगाउने

    २. नोटमा केरमेट नगर्ने

    ३. पानीमा नभिजाउने

    ४. नोटलाई खुम्चन नदिने

    ५. दक्षिणा दिदा खाममा राखेर दिने

    ६. नोटलाई अबिर, अक्षता, माटो, धमिरा, मुसा, आगो, पानी इत्यादिबाट जोगाउने

    ७. नोटलाई कच्याककुच्चुक नपार्ने, पोको नपार्ने र जमीनमा गाड्ने काम नगर्ने ।

    ८. नोटको हिफाजत गर्ने कुरा आफूले पनि बुझ्ने र अरुलाई बुझाउने ।

    ९. पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरुले सकेसम्म नोट नछुने ।

    १०. आफूलाई आवश्यक पर्ने भन्दा बढी नोट बैंकमा जम्मा गर्ने बानी बसाल्ने ।

    ११. बैंकमा चेक तथा एटिएम कार्डहरु प्रयोग गरी नगद कारोबार कम गर्ने बानी बसालौं ।

    जेल सजाय समेत हुनसक्ने

    नयाँ नोटमा केरमेट वा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले समय–समयमा अनुरोध गर्दै आएको छ । अहिले त कानूनमै पनि नोटमा केरमेट गरे कडा कानूनको व्यवस्था समेत छ ।एक वर्ष अघिदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन को दफा २६३ मा नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानी–नोक्सानी पु¥याएमा ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले अनुरोध समेत गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑