बीरगंज । गोल्डस्टारका जुत्ता अब अमेरिकामा पनि पाइने भएको छ। नेपाली ब्रान्ड गोल्ड स्टार जुत्ता अब अमेरिकामा पनि पाइने भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले नेपाली ब्राण्ड अन्तर्राष्ट्रिय ब्राण्ड बन्न लागेकोमा सम्पूर्ण निजी क्षेत्रले गर्व गर्नुपर्ने बताउनु भएको छ । मुरारकाले सामाजिक सञ्जाल टुईटरमार्फत फोटो सेयर गर्दै अब गोल्ड स्टार जुत्ता अब अमेरिका पनि पाइने लेख्नु भएको छ।
एक कार्यक्रमकाबीच जुत्ताकाे अमेरिकामा लन्च समेत गरिएकाे छ । सन् १९७० मा स्थापित यस उद्योगले स्थापनाकाे ५२ वर्षपछि अमेरिकी बजारमा पनि अाफ्नाे उत्पादन बेच्न सफल भएकाे हाे । यस कम्पनीका डाइरेक्टर अमिर प्रताव जेबी राणा हुनुहुन्छ ।