• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दसैं–तिहार लक्षित सुरक्षाका लागि ४० हजार प्रहरी

  • वीरगंज संजाल
  • २५ आश्विन २०७८, सोमबार १४:४८
  • ३०३३

    बीरगंज । दसैं–तिहारको समयमा नेपाल प्रहरीले देशभर करिब ४० हजार प्रहरी खटाइएको छ । दसैं तिहारमा हुने चोरी, डकैती तथा अपराधजन्य विकृती न्यूनीकरण गर्न सुरक्षा योजना बनाएर ठूलो संख्यामा प्रहरी खटाइएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरका अनुसार चाडपर्वको बेलामा हुने गतल क्रियाकलापहरु हुन नदिन देशभरका प्रहरी युनिटलाई निर्देशन दिइएको छ । ‘‘चाडपर्व मनाउने बेलामा विभिन्न किसिमका विकृती विसंगति हुने गर्छन् । दसैंको बेलामा सार्वजनिक सवारीमा बढी भाडा असुल्ने, जुवातास खेल्ने, चिट्ठा उपहार कार्यक्रमहरु मार्फत ठुलाठुला घटना घट्ने उदाहरणहरु छन् । मदिरा सेवन गरी सवारी साधन चलाउने, टिकट सकिएको बहाना बनाएर यात्रुलाई बढी भाडा असुल्ने, यात्रुलाई दुव्यवहार गर्नेलगायतलाई प्रहरीले कारबाही गर्दै आएको छ,” प्रवक्ता कुँवरले भने, ‘‘देशभर अत्याधिक मात्रामा प्रहरी खटाएका छौँ ।”

    प्रहरीलाई दसैं विदा सञ्चित छैन
    प्रवक्ता कुँवर नेपालमा ठूला चाडपर्वमा प्रहरीलाई दसैं विदामा नपठाएको जानकारी दिए । ‘‘हरेक वर्ष दसैं तिहार जस्ता पर्वहरुमा प्रहरीले विषेश सुरक्षा दिँदै आएको छ । अहिलेको अवस्थामा विषेश सुरक्षा योजनासहित सबै प्रहरीहरु आआफ्नो कार्यक्षेत्रमा खटाइएको छ । प्रहरी प्रधान कार्यालयले बनाएको योजना अनुसार देशभर कार्यान्वयन भइरहेको छ । क्षेत्रका आधारमा कुन कुन प्रहरी खटाउने भनि योजना तयार पारिएको छ,” उनले भने, ‘‘हरेक प्रहरी कार्यालयहरुले दसैंको बेलामा आफ्ना मातहतका क्षेत्रहरुमा सुरक्षा कडा पार्दै आएका छन् । देशका ठूला पर्वहरु सुरु हुँदा प्रहरीलाई विदामा घर फर्किन दिदैनौँ । यसपालि पनि दिएका छैनौँ । त्यसबाहेक अत्यावश्यक परेका प्रहरी कर्मचारीहरुलाई मात्रै विदामा पठाउने गरिएको छ । यस्तो वेलामा देशभरका प्रहरी युनिटहरुमा अधिकांश प्रहरी खटाउने गरेका छौँ ।” कुँवरका अनुसार देशभर ७० हजार प्रहरी छन् । ‘‘यीमध्ये केही खाली छन् । कोही विदामा गएका छन् । भने कोही विदेश गएका छन् । नेपालमा भएका प्रहरीको संख्या हेर्ने हो भने ४१ हजारको हाराहारीमा प्रहरीहरु छन् । हामीसँग भएको सबै प्रहरी जनशक्ति देशभर परिचालन गराएर सुरक्षा व्यवस्था कडा पारेका छौँ,” प्रवक्ता कुँवर भन्छन, ‘‘गत वर्ष कोरोना महामारीका कारण चाडपर्वको रौनक थिएन । यसवर्ष कोरोना घट्दै जाँदा प्रायजसो नागरिक गाउँमा गइसकेका छन् । यसवर्षको दसैं रमाइलो हुने भएकाले अपराध जन्य घटनाहरु बढ्ने जोखिम पनि उत्तिकै छ । विस्फोटक पदार्थ ओसार प्रसार गर्न रोक लगाएको अवस्था छ ।”

    सीमानाकाहरुमा बलियो सुरक्षा
    प्रहरीका अनुसार विषेश गरी सीमानाकाहरुमा बलियो प्रहरी सुरक्षा टोली खटाइएको छ । सीमानाकामा ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायसँग समन्वय गरी मापसे चेक प्वाइन्ट, सहायता कक्ष राखेर जाँच भइरहेको प्रवक्ता कुँवरले बताए । ‘‘मदिरा, गाँजा, रक्सीलगायत फ्याक्ट्रीमा अनुगमनको दायरा बढाइएको छ । चाडपर्वका बेलामा अत्याधिक मात्रामा चोरीका घटनाहरु भइरहेको र यसलाई नियन्त्रण गर्न कारबाही गरिरहेको अवस्था छ । लामो समय कोरोना महामारीका बेलामा पसल व्यवसायहरु ठप्प भए,” प्रवक्ता कुँवरले भने, ‘‘अहिले उपभोक्ताहरुलाई गुणस्तरहीन सामग्री बिक्री वितरण भइरहेको अवस्था छ । पुराना मिति सकिएका सामग्रीहरु, तोकिएको मूल्यभन्दा बढी रुपैयाँ असुल्ने गर्छन् । यसमा पनि प्रहरीले दैनिक रुपमा अनुगमन गरिहेको छ । उपभोक्ता पनि आफै सजग हुनुपर्ने हुन्छ ।”
    पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर गाडिभाडा नबढाएको भन्दै सार्वजनिक सवारी साधनहरुले बढी भाडा असुल्दै आइरहेका छन् । छोटो र लामो दूरीका सार्वजनिक सवारी साधनमा भइहेको चर्को भाडा असुलीका कारण सर्वसाधारण मारमा परेका छन् । यस विषयमा प्रवक्ता कुँवर भन्छन्, ‘‘यस्ता सार्वजनिक यातायात माथि कडा अनुगमन भइरहेको छ । देशभरका विभिन्न क्षेत्रमा यात्रु सहायता कक्ष राखेका छौँ । मुख्य चोक नाकामा भाडा अनुगमन टोली खटाएका छौँ । यस्ता क्रियाकलाप गरी यात्रुलाई मारमा पार्ने सवारी साधनलाई कारबाहीको दायरा बढाएका छौँ ।” प्रहरीले गत वर्षभन्दा यसवर्षको प्रहरी सुरक्षा कडा पारिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑