बीरगंज | नेपालले तीन खेलमा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो भने भारतसँग एक शुन्यको हार ब्यहोरेको थियो । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा भारतसँग पराजित भएपनि नेपाल शिर्ष स्थानमा नै कायम रहेको छ ।
यसको अर्थ नेपालले लिगको अन्तिम खेलमा बंगलादेशविरुद्ध अंक जोडे पुग्नेछ । नेपाल र माल्दिभ्सको समान ६–६ अंक भएपनि हेड टु हेडका आधारमा शिर्ष स्थानमा यथावत छ ।
नेपालले तीन खेलमा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो भने भारतसँग एक शुन्यको हार ब्यहोरेको थियो ।अब लिग चरणको अन्तिम खेलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ । यदि त्यो खेलमा बराबरी वा जित निकालेको खण्डमा फाइनलमा प्रवेश गर्नेछ ।