• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मान्छेको ज्यान लिने ‘पासो’ बेचेर करोड कमाउने अन्धविश्वासले निम्त्याएको अपराध

  • वीरगंज संजाल
  • २५ आश्विन २०७८, सोमबार ०७:२७
  • ३२०१

    ललितपुर । ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा टहरामा बस्थिन्, कमला तामाङ । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ घर भएकी ४५ वर्षीया कमला लामो समयदेखि पतिसँग अलग थिइन् भने टहरोसँगैको जग्गामा उनको तरकारी खेती थियो । पेट पाल्न मजदुरी पनि गर्थिन् । छोरा छोरी ठुला भैसकेका छन् । तर, उनी एक्लै बस्थिन् ।भदौ २५ गते बिहान उनी मृत फेला परिन् । मजदुरी गर्दा चिनजान भएका २० वर्षीय सुमन मगरसहित ३ जना मिलेर कमलाको हत्या गरेको अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । हत्या आरोपमा प्रहरीले मकवानपुर घर भएका २३ वर्षीय सविन प्रजा, उनकी पत्नी प्रविना प्रजा माझी र मोरङ घर भएका २० वर्षीय सुमन मगरलाई पक्राउ गरेको छ ।

    ‘पासो’ बेचेर कमाउने अन्धविश्वास

    सविन प्रजाले कसैको मुखबाट यस्तो कुरा सुने, ‘मान्छे झुण्डिएको वा मारेको डोरी करोडमा बिक्छ, त्यस्तो डोरी ऐनामा देखिँदैन ।’ चट्याङ परेको ढुंगा र दाहिने शंख समेत करोडमा बिक्ने सुनेपछि मकवानपुर घर भएका २३ वर्षीय सविनले सो कुरा सुमन मगरसँग सेयर गरे । उनीहरु हरिसिद्धिमा डेरामा बस्थे ।मोरङ शनिश्चरे घर भएका २० वर्षका सुमनसँग गरेको कुरा सविनकी पत्नी प्रविना माझीले पनि सुनेकी थिइन् । पैसाको अभाव थियो, उनीहरुले डोरीले घाँटी कसेर मान्छे मार्ने योजना बनाए । उनीहरु ‘पासो बिक्छ’ भन्ने अन्धविश्वासमा थिए । ‘सविनकी पत्नीसहित ३ जना बसेर उनीहरुले मान्छे मार्ने योजना बनाएका थिए,’ एसएसपी खापुङले भने, ‘हत्यापछि ‘पासो’ बेच्ने योजना बनाएको अनुसन्धानबाट थाहा भएको छ ।’ उनीहरुको पहिलो टार्गेट थिए, ‘सडकमा भेटिने जँड्याहा ।’ केहिदिन उनीहरुले सडकमा मातेर हिँड्ने मान्छेका निगरानी गरे तर, फेला परेनन् । सुमन र सविन भदौ २३ मा कमला तामाङ ‘पातली’को टहरोमा पुग्छन् । कमला र सुमनबीच राम्रो सम्बन्ध थियो । सुमन उनको टहरामाई बेला बेला जाने र मादक पदार्थ खाने गरेको कुरा सविनले कमलाको टहरामा पुगेको दिन थाहा पाए । सल्लाह गरेर कमलालाई उनीहरुले दोस्रो निशाना बनाउने योजना बनाए ।

    घाँटी कसेर हत्या

    भदौ २४ मा दिउँसो ४ बजे सविनले सुमन मगरलाई फोन गरेर हरिसिद्धिस्थित आफ्नो कोठामा बोलाए । ‘पासो’ बेचेर कमाउने योजनाका बारेमा छलफल गरेर उनीहरुले कमलाको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुमनले सविन पत्नी प्रविनाको मोबाइलबाट फोन गरेर कमलालाई भने, ‘हामी आउँछौं रक्सी र मासु ल्याउनु है ।’इनारमा पानी निकाल्न राखिएको नाइलनको डोरी ३ फिट लिएर सुमन र सविन साँझ साढे ६ बजे कमलाको टहरामा पुग्छन् । छुट्टै बस्ने कमलाको छोरा खान खानेगरी आउन लागेका थिए । खाना खाएर ‘छोरा गएपछि आउनु’ भनेर कमलाले दुवैलाई बाहिर पठाइन् । राति ९ बजे उनीहरु फेरि टहरामा गए ।सुमन, सविन र कमलाले सँगै बसेर रक्सी पिए । मदिरा पिउँदा कानेखुसी गरिरहेको तर, कमलाले थाहा पाइनन् । सविन र सुमन भुइँमा, कमला खाटनमा सुतिन् । कमला र सुमनको बीचमा शारीरिक सम्बन्ध समेत भएको अनुसन्धानबाट खुलेको छ ।

    शारीरिक सम्बन्धकै क्रममा सुमनले सलले कमलाको हात र खुट्टा बाँधिदिए । सविनलाई कमलाको घाँटीमा डोरीले कस्न लगाए । सुमनले कमलाको गोडा च्यापे, मुख थुने । हत्यापछि नाइलनको डोरी ‘पासो’, गहना र कमलाको मोबाइल लिएर उनीहरु सविन प्रजाको कोठामा गएको अनुसन्धानबाट खुलेको छ । यस्तै मोबाइलको सिमकार्ड बाटोमा फालिदिए । भोलिपल्ट नुहाई धुवाई गरेर ‘पासो’लाई पुजा गरे । उनीहरुले सुनेका थिए–‘मान्छेको ज्यान लिएको पासो ऐनामा देखिँदैन ।’ तर, ऐनामा पासो देखियो ।त्यसपछि, उनीहरुले सो पासो कुलोमा लगेर फ्याँकिदिए । कमलाको हत्या गरेर फुकालेर लगेको गहना पनि नक्कली भएको थाहा पाएपछि फालिदिए । सविन पत्नी प्रविनासँगै मकवापनुरतिर भागे । मकवानपुरको राङसिराङ गाउँपालिका–५ प्याङचे टोल घर भएका उनीहरुलाई अपराध महाशाखाको टोलीले मनहरीबाट पक्राउ गरेको थियो । सुमन ललितपुरबाटै पक्राउ परेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑