• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नवरात्रको पाँचौ दिन : देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै

  • वीरगंज संजाल
  • २५ आश्विन २०७८, सोमबार ०५:२६
  • २२६१

    वीरगंज | पहाडमा बसेर संसारमा रहेका जीवहरुमा नवचेतना प्रदान गर्ने देवीको रुपमा स्कंदमातालाई आष्विन शुक्ल पञ्चमी अर्थात आजकै दिन पूजा तथा आराधना गरिन्छ । कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको हो । यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले रहनुहुन्छ । कमल ओछ्याएर बस्ने भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ । स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह फल प्राप्त हुन्छ । यस्तो विशेषता केवल यिनीलाई मात्र प्राप्त छ । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने देवी भागवत पुराणमा उल्लेख गरिएकोछ । स्कन्दमातास्वरूपिणी देवीका चार हातहरू छन् । दाहिनेतर्फको माथिल्लो भुजाले भगवान् स्कन्दलाई काखमा सम्हालेकी छिन् तथा तल्लो भुजा जुन मास्तिर उठेको छ, त्यसमा कमल पुष्प सुशोभित छ । देब्रेतर्फको माथिल्लो भुजा वर मुद्रामा तथा तल्लो भुजामा कमल पुष्प सुशोभित छ । सिंह यिनको वाहन हो ।

    तारकासुरले कठोर तपस्या गरि ब्रम्हाजीसँग शिवजीका पुत्रको हातबाट मृत्युको वर प्राप्त गरेको थियो । बरदान पाएपछि तारकाशुरको कारणले तिनै लोक त्रशित थियो । तारकाशुरले स्वर्गबाट सबै देवताहरुलाई भगाएर राज गर्न थाल्यो । उता सतिदेवीको मृत्यु पश्चात भगवान शिवजी ध्यान मग्न रहन थाल्नुभयो । शतिदेवीले पुनह पार्वतिको रुपमा हिमालय पर्वतमा जन्म लिएपछि पनि शिवजीले योग तथा शाधना त्याग गर्नुभएन । पार्वतीले ब्रह्माचारिणीको रुप धारण गरि शिवजी स्वामी पाउँभनि कठोर तपस्या गर्नुभयो । माता पार्वतीको कठोर साधनाको फलस्वरुप शिवजीले आफ्नो योग तथा साधना त्याग गरि पार्वतीसँग बिवाह गर्नुभयो । श्रीमहादेव र पार्वको सन्तान स्वरुप कुमार कार्तिकेयको जन्म भयो र पछि कार्तिकेयले तारकाशुरलाई बध गरेको शाश्त्रमा उल्लेख गरिएकोछ ।

    यीनको उपासनाले भक्तको सबै ईन्छा पुरा भई मोक्ष प्राप्ती हुन्छ । अत : मनलाई एकाग्र एवं पबित्र राखी देवीको आराधना गर्ने भक्तलाई भवसागर पार गर्दापनि कठिनाई आउदैन भनि शाष्त्रमा लेखिएकोछ ।

    स्कन्दमाताको पूजा गर्ने मन्त्र :
    सिंहसनगता नित्यं पद्माश्रितकरद्वया ।
    शुभदास्तु सदा देवी स्कंदमाता यशस्विनी ।।

    स्कन्दमाता स्तुति :
    चण्डवीरां चण्डमायां चण्डमुण्डप्रभञ्जनीम् ।
    तां नमामि च देवेशीं चण्डिकां चण्डविक्रमाम् ॥
    याः श्री स्वयं सुकृतीनां भवनेष्वलक्ष्मीः पापात्मनां कृतधियां ह्रुदयेषु बुद्धिः ॥
    श्रद्धां सतां कुलजनप्रभवस्य लज्जा तां त्वां नतास्मः परिपालय देवि विश्वम् ॥
    सिंहासनगतानित्यं पद्माश्रितकरद्वया।
    शुभदास्तु सदा देवी स्कन्दमातायशस्विनीम्॥

    स्कन्दमाता ध्यान:
    वन्दे वाञ्छित कामर्थेचन्द्रार्द्धकृतशेखराम्।
    सिंहारूढाचतुर्भुजा स्कन्दमाता यशस्वनीम्॥
    धवलवर्णां विशुद्धचक्रस्थितां पञ्चमदुर्गां त्रिनेत्राम्।
    अभयपद्मयुग्मकरां दक्षिणोरूपुत्रधरां भजेम॥
    पटाम्बरपरिधानां मृदुहास्यं नानालङ्कारभूषिताम्।
    मञ्जीरहारकेयूरकिङ्किणिरत्नकुण्डलधारिणीम्॥
    प्रफुल्लवदनां पल्लवाधरां कान्तकपोलां पीनपयोधराम्।
    कमनीयां लावण्यां जारूत्रिवलीं नितम्बनीम्॥

    स्कन्दमाता स्तोत्र :
    नमामि स्कन्दमाता नमामि स्कन्दधारिणीम्।
    समग्रतत्त्वसागरामपारपारगह्वराम्॥
    शिवप्रभां समुज्ज्वलां स्फुरच्छशाङ्कशेखराम्।
    ललाटरत्‍‌नभास्करां जगत्प्रदीप्तभास्कराम्॥
    महेन्द्रकश्यपार्चितां सनत्कुमारसंस्तुताम्।
    सुरासेरेन्द्रवन्दितां यथार्थनिर्मलाद्भुताम्॥
    मुमुक्षुभिर्विचिन्तितां विशेषतत्त्वबोधिताम्।
    नानालङ्कारभूषितां मृगेन्द्रवाहनाग्रताम्।।
    सशुद्धतत्त्वतोषणां त्रिवेदभारभूषणाम्।
    सुधार्मिकोपकारिणीं सुरेन्द्रवैरिघातिनीम्॥
    शुभां सुपुष्पमालिनीं सुवर्णकल्पशाखिनीम्।
    तमोन्धकारयामिनीं शिवस्वभावकामिनीम्॥
    सहस्रसूर्यराजिकां धनञ्जयोपकारिकाम् ।
    सुशुद्धकालकन्दलां सुभृङ्गवृन्दमञ्जुलाम् ॥
    प्रजायिनीं प्रजावतीं नमामि मातरं सतीम् ।
    सत्कर्मकारणे गतिं हरप्रियां च पार्वतीम् ॥
    अनन्तशक्तिकान्तिदां यशोऽर्थभुक्तिमुक्तिदाम् ।
    पुनः पुनर्जगद्धितां नमाम्यहं सुरार्चिताम् ॥
    जयेश्वरि त्रिलोचने प्रसीद देवि पाहि माम् ।
    जयन्ति ते स्तुवन्ति ये शुभं लभन्त्यसंशयम् ॥

    पुजन विधिः

    आजको दिन शुद्ध भएर हरियो रंगको कपडा लगाउने, त्यसपछि स्कन्दमाताको प्रतिमा राख्ने, कलश पुजा पछि स्कन्दमाताको सौभाग्यसुत्र, चन्दन, रोली बेसार, सिन्दुर, दुर्वा, बेलपत्र, आभुषण, पुष्पहार, सुगन्धित द्रव्य, धुप–दिप, नैबेद्य, फल, पान, दक्षिणा, आरती, प्रदक्षिणा, मन्त्र, पुष्पाञ्जली, आदि गर्ने र वन्दना स्लोक पढ्ने । बन्दना स्लोक पछि मातालाई केराको प्रसाद चढाउने र माता स्त्रोत पाठ गर्ने त्यसपछि प्रसाद वितरण गरि पूजा सम्पन्न गर्नुपर्दछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑