जनकपुरधाम । सिरहा प्रहरीले लागूऔषधसहित तीनजना युवकलाई पक्राउ गरेको छ ।सिरहा नगरपालिका १५ बुधौरास्थित दशगजा क्षेत्रबाट मोटरसाइकलमा सबार तीनजना युवकलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट नाइट्राभेट–१० नामक लागूऔषध ३ सय थान बरामद भएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।