राजविराज | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा स्कोरपियोको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा शनिबार मृत्यु भएको छ।
मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ बस्ने तुलसी चौधरीका १० वर्षीय छोरा सुशील रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ च ३७५४ नम्बरको स्कोरपियो गाडीले उनलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका उनलाई एक निजी क्लिनिकमा सामान्य उपचार गराई घर फर्किने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। दुर्घटना गराउने गाडीलाई प्रहरीले नियन्त्रणमा लिइ घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।