वीरगंज। सुनसरीका प्रमुख जिल्ला अधिकारी अबा पर्सामा आउने भएका छन | पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको सरुवा भएको छ । पिताम्बर घिमिरेको ठाउँमा उमेश कुमार ढकाललाई गृहमन्त्रालयले काजमा आउदै छन ।
शुक्रबारको मन्त्रीस्तरीय बैठकले सुनसरीका प्रमुख जिल्ला अधिकारी रहेका ढकाललाई पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारीमा काज सरुवा गरिएको मन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ ।
मन्त्रीस्तरीय बैठकले विभिन्न ४ जिल्लामा सिडियो परिवर्तन गरेको हो । जसमध्ये पर्साका सिडियो घिमिरेलाई परिवर्तन गरेर ढकाललाई पठाइएको छ ।