• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा नियन्त्रणमा लिएको यवतीको शव शल्यपरीक्षणका लागि काठमाडौं

  • वीरगंज संजाल
  • २३ आश्विन २०७८, शनिबार १२:१७
  • २२२१

    वीरगंज। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज – १२ मुर्ली नवकाटोलामा रहेको कब्रिस्थानबाट नियन्त्रणमा लिएको एकजना युवतीको शव शल्यपरीक्षणका लागि काठमाडौं पठाएको छ ।युवतीको मृत्यु शङ्कास्पद देखिएको र सोही अनुसारको सूचना पाएको कारण नारायणी अस्पताल वीरगञ्जमा शल्यपरीक्षण नगरी शिक्षण अस्पताल महाराजगंज, काठमाडौं पठाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । उनले बिहार पश्चिमी चम्पारण इनर्वा थाना खमिया निवासी १८ वर्षीया युवती जयुनत खातुनको अन्तिम संस्कार वीरगञ्जमा हुन लागेको र अन्तिम कर्ममा परिवारका सदस्य मात्रको सहभागिता रहेको सूचनाको आधारमा गाइने क्रममा शव बरामद भएको थियो ।

    प्रवक्ता खनालले अन्तिम संस्कारमा सहभागीमध्ये चारजनालाई नियन्त्रणमा लिएर सोधपूछ गरिएको बताए ।युवतीको मृत्यु कालगतिले नभएको र सो कर्तुत लुकाउने अभिप्रायले परिवारका सदस्यहरूले गुपचुप अन्तिम संस्कार गर्न खोजेको प्रहरीले आशङ्का व्यक्त गरेको छ ।मृतक युवती जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको परिवारसँग सम्बन्धित रहेको पाइएको छ । अध्यक्ष मियाँका नाति, मृतककी आमा, बुबासमेत केहीलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।घटना विवरण अनुसार मृतक युवती खातुन जगरनाथपुर गापाका अध्यक्ष मियाँका कान्छा छोरा जाकिर मियाँ धुनियाकी सहोदर साली हुन्‌ । उनी केही समयदेखि आफ्नी दिदीको घरमा बस्दै आएकी बुझिएको छ । जयुनत जबरजस्ती करणीको शिकार भएकी र अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    मृतक युवतीको घाँटीमा नीलडाम पनि छ । मृतकको घाँटीमा नीलडामसमेत रहेकोले शवको प्रकृति शङ्कास्पद रहेको प्रहरी उपरीक्षक पाण्डेले बताए । प्रहरीलाई प्राप्त सूचना अनुसार मृतकका भिनाजु जाकिर मियाँ धुनियाले जबरजस्ती करणी गरेको र शवको व्यवस्थापन गर्न वीरगञ्ज पठाएको अनुमान गरिएको छ ।यसबारे गापा अध्यक्ष जालिम मियाँसँग बुझ्दा उनले प्रहरीको दाबीमा कुनै सत्यता नरहेको बताए । मृतकका आमा र बुबा प्रहरीको नियन्त्रणमा छन्‌ । उनीहरूले नै सत्यतथ्य बताउने गापा अध्यक्ष मियाँले बताए । घरमा झुन्डिन लाग्दा मृतकको आमाले देखेपछि उपचारको लागि वीरगञ्ज ल्याउँदा बाटोमा मृत्यु भएको र गाउँ टाढा पर्ने भएकोले वीरगञ्जमा अन्तिम संस्कार गर्न लागेको उनले प्रस्ट्याए । अध्यक्ष मियाँले मृतकको मानसिक स्थिति ठीक नरहेको बताएका छन्‌ । घटनाका मुख्य आरोपी जाकिर मियाँ अहिले फरार छन्‌ । प्रतिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑