• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पार्टी खोल्ने तयारीमा पूर्व डीआईजी रमेश खरेल

  • वीरगंज संजाल
  • २३ आश्विन २०७८, शनिबार ०७:४०
  • ५९४१

    बीरगन्ज । पूर्व डीआईजी रमेश खरेल राजनीतिक दल खोल्ने तयारीमा लागेका छन् । उनले खुला बहस गरेर जनताको अपेक्षा अनुसारको पार्टी खोल्न लागेको जानकारी दिए । “हामी कांग्रेस कम्युनिस्टबाट केही हुँदैन भन्ने निष्कर्षमा पुगेका छौं । पालैपालो लुट्नेबाहेक केही काम गर्दैनन् । यही कुरा देखेकाले साथीहरुसँग दल खोल्नका लागि छलफल गरिरहेको छु,” उनले बाह्रखरीसँग भने ।

    खरेलले समय अभावका कारण सबै ठाउँमा जान नसके पनि सातै प्रदेशमा पुगेर जनताको धारणा बुझ्ने र त्यसपछि पार्टी दर्ता गर्ने बताए । “७७ जिल्लाका नागरिकको धारणा बुझेर हामी विचार लिन्छौं । कस्तो राजनीतिक पार्टी खोल्दा उपयुक्त हुन्छ ? के गर्दा देशमा शुसासन कायम हुन्छ भनेर हामी मुख्य–मुख्य ठाउँमा जान्छौं । जनताको कुरा बुझ्छौं,” उनले भने ।आइतबार दिउँसो २ बजे रत्नपार्कबाट पार्टी खोल्न लागिएको अपिल गर्ने उनको भनाइ छ । पार्टीको नाम नेपाल सुशासन पार्टी राख्ने उनले जानकारी दिए । “देश सुशासन नै नभएर बिग्रिएको हो । त्यसैले हामीले नेपाल सुशासन पार्टी बनाउने सोच बनाएका छौं,” उनले बताए ।

    पूर्व डीआईजी खरेलले धर्मनिरपेक्षता, संसदीय प्रणालीका विषयमा पनि जनताको राय लिने बताए । दल खोल्ने सोच कसरी ? खरेलले नेपाल प्रहरीको आईजीपी नबन्ने भएपछि डीआईजीबाट राजीनामा दिएका थिए । उनले अहिले दल खोल्ने तयारी गरेका हुन् । उनले दल खोल्ने प्रक्रियाबारे निर्वाचन आयोगमा पुगेर जानकारी लिइसकेका छन् ।

    २९ वर्ष प्रहरी सेवामा रहेर राजनीतिक दल खोल्ने सोच कसरी आयो ? “२९ वर्ष नेपाल प्रहरीमा रहेँ । उनी (नेता)हरुलाई भोगेको छु । उनीहरुसँग काम गरेको छु । उनीहरुको सोच, मनस्थती बुझेको छु । उनीहरुमा भ्रष्टाचारको लत कसरी बसेको छ भन्ने थाहा छ,” पूर्व डीआईजी खरेलले भने, “जेलमा बसेको पहिलो पुस्ताबाट पनि देशले केही पाएन । दोस्रो, तेस्रो पुस्ता क्याम्पसमा क्याम्पस प्रमुखको टेबल ठोकेका छन्, कालोमोसो दलेका छन् । टायार बाल्ने, रेलिङ भाँच्ने काम गरेका छन् । उनीहरुबाट के अपेक्षा गर्ने ? उनीहरुको ग्रुमिङ नै ठिक छैन । यिनै कुराहरु देखेर दल खोल्ने सोच आयो ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑