• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ६६ औं प्रहरी दिवस मनाइयो

  • वीरगंज संजाल
  • २० आश्विन २०७८, बुधबार १४:२२
  • २३८९

    वीरगन्ज | स्याङ्जा ६६ औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाइएको छ। नेपाल प्रहरीको स्थापना दिवसको स्मरण गर्दै प्रत्येक वर्ष आजका दिन प्रहरी दिवस मनाइने गरिन्छ। दिवसमा प्रहरी कार्यालय परिसरमा रहेको सहिद स्मारकमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले पुष्पमाला अर्पण गरेर दिवसको शुभारम्भ गरे। प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले प्रहरी महानिरीक्षक शैलेश थापाद्धारा प्रेषित शुभकामना सन्देश वाचन गरे। सोही अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले स्याङ्जा प्रहरीले पुरयाएको सेवाप्रति आफु सन्तुष्ट रहेको जनाए। जिल्लामा भए गरेका घटनाप्रति प्रहरीले गर्दै आएको कामको प्रशंसा गर्दै अपराध अनुसन्धान र घटनाका प्रकृति हेरी प्रहरीले संयमता र घटनाका तथ्यपरक डकुमेन्ट्री आफैले सुरक्षित राख्न निर्देशन दिए। ‘दलाल र अपराधको राजनीतिकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित बनाउनु पर्छ’ उनले भने, ‘सबैको मानवअधिकारको रक्षाका लागि प्रहरी, नागरिक र राष्ट्रसेवकको सहयोग आवश्यक छ।’

    कार्यक्रममा पूर्व प्रहरी नायब उपरीक्षक श्यामकृण्ण श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, अधिवक्ता तुलसी गिरी लगायतले जिल्लाको शान्ति सुव्यवस्था र कोरोना नियन्त्रणमा प्रहरीका सकारात्मक कार्यको चर्चा गरेका थिए। दिवसका अवसरमा कोरोना नियन्त्रणका बेला सहयोग पुरयाएको भन्दै जलाल मिया, समाजसेवी अधिवक्ता तुलसी गिरी, पत्रकार महासंघ स्याङ्जालाई प्रशंसापत्रले सम्मान गरिएको छ। पुतलीबजार नगरपालिका ३ निवासी जलाल मियाले कोरोना संक्रमणको तीव्र प्रभाव रहेका बेला उनले व्यक्तिगत १८ वटा अक्सिजन सिलीण्डर प्रहरीलाई सहयोग गरेका थिए। सदरमुकामस्थित जिसान ट्रेडर्सका सञ्चालक मियाले अक्सिजनका अभावमा संक्रमितका ज्यान गएको खवर सार्वजनिक भएसँगै प्रहरीमार्फत जिल्लास्थित विभिन्न आइसोलेसनमा पुर्याइएको थियो। यसैगरी, पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीमा अस्थायी पोष्टको भवन निर्माणका लागि जग्गा प्राप्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अधिवक्ता तुलसी गिरीलाई सम्मान गरिएको हो।

    प्रहरी संगठनभित्र रही उत्कृष्त काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक कुमार शर्मा र प्रहरी जवान भिमलाल अर्याललाई उत्कृष्ठ प्रहरी सम्मान गरिएको छ। कार्यालयले वर्षभरि गरेका उल्लेख्य कामकारवाहीका बारेमा बनाइएको डकुमेन्ट्री समेत प्रर्दशन गरिएका थिए। दिवसमा जिल्ला न्यायधिवक्ता रामप्रसाद अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, पूर्व प्रहरी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, बिरगतीप्राप्त प्रहरी परिवार लगायतको सहभागिता थियो। स्याङ्जा जिल्ला घर भई कामको शिलशिलामा विभिन्न समयमा विरगती प्राप्त १६ जना प्रहरीका परिवारलाई पनि कदरपत्र प्रदान गरिएको थियो। जिल्ला प्रहरी प्रमुख होबिन्द्र बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले स्वागत एवं प्रहरी निरीक्षक पदमराज थापाले सञ्चालन गरेका थिए। प्रहरी दिवसका अवसर पारेर ४ दिनअघि पुतलीबजार नगरपालिका ५ मा वृक्षरोपण गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑