• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पोखरिया अस्पतालले संघीय सरकार र प्रदेश सरकारबाट पाएको अनुदान बापतको बजेट खर्च गर्न सकेन

  • वीरगंज संजाल
  • १९ आश्विन २०७८, मंगलवार १८:१८
  • १८०९

    पर्सा । पर्साको दोस्रो सदरमुकामको रूपमा चिनिने पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पतालले संघीय सरकार र प्रदेश सरकारबाट पाएको अनुदान बापतको बजेट खर्च गर्न सकेको छैन।पोखरिया अस्पतालले दुई वर्षअघि ०७६।७७ मा संघीय सरकार र प्रदेश सरकारबाट पाएको अनुदान बापतको बजेट खर्च गर्न नसकी बाँकी रहेको ४४ लाखभन्दा बढी रकम अझै फिर्ता गरेको छैन। पोखरिया अस्पतालले प्रदेश र संघीय अनुदान गरी ४४ लाख ६७ हजार २ सय ७१ रुपैयाँ ७४ पैसा फिर्ता नगरेको महालेखाले जनाएको छ।

    प्रदेश आर्थिक ऐन २०७५ ले आर्थिक वर्षभित्र खर्च नभई बाँकी रकम फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। ०७६।७७ मा प्रदेश सरकारले पोखरिया अस्पताललाई ६८ लाख २५ हजार रकम अनुदान बापत दिएको थियो ।सो मध्ये अस्पतालले ३२ लाख ३९ हजार ४ सय ८५ रुपैया मात्रै खर्च गर्न सकेको थियो।यसरी बाँकी रहेको अनुदानबापतको रकम प्रदेश आर्थिक ऐन २०७५ अनुसार प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने हुन्छ। तर, अस्पतालले खर्च गर्न नसकेकोे ३८ लाख ८५ हजार ५ सय १४ रुपैयाँ फिर्ता नगरेको महालेखा परीक्षकको कार्यालयले जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

    खर्च गर्न नसकिएको बाँकी रकम फिर्त गर्न पनि अस्पताललाई महालेखाले ताकेता गरेको छ। यसैगरी ०७६।७७ मै अस्पतालको विकासका लागि अस्पतालले नगरपालिकाबाट संघीय ससर्त अनुदानबापत एक करोड ३३ लाख ५९ हजार ७ सय ५१ रुपैयाँ ९६ पैसा गरेको थियो।सोमध्ये अस्पतालले उक्त आर्थिक वर्षमा एक करोड २७ लाख ७७ हजार ८ सय १४ रुपैयाँ २२ पैसा मात्रै खर्च गर्न सकेको थियो। सोमध्ये बाँकी खर्च हुन नसकेको ५ लाख ८१ हजार ७ सय ५७ रुपैयाँ ७४ पैसा अस्पतालले फिर्ता गर्नुपर्नेमा हालसम्म पनि फिर्ता गरेको छैन।अस्पतालले एक थान एम्बुलेन्स र एक थान शववाहन खरिद गर्न प्रदेश सरकारबाट पाएको अनुदानबाट एक कर्पोरेट कम्पनीलाई २० लाख ८३ हजार ५ सय ७४ रुपैयाँ पेस्की उपलब्ध गराएको छ।अस्पतालले उक्त पेस्की बापतको रकम नियमाअनुसार असुल फस्र्याेट पनि गर्न नसकेकाले महालेखाले २० लाख ८३ हजार ५ सय ७४ रुपैयाँ बेरुजु शीर्षकमा राखेको छ।

    आन्तरिक नियन्त्रण प्रणाली लथालिंग

    पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पतालमा नवौं तहको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टरसहित ३१ दरबन्दी रहेको यस अस्पतालमा प्रसूती, ओपीडी, ल्याब तथा फार्मेसीसहितका स्वास्थ्य सेवा उपलब्ध छ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ बमोजिम आन्तरिक नियन्त्रण प्रणली तयार गरी लागू गर्ने व्यवस्था भए पनि नगरपालिकाले अस्पतालमा अन्तरिक नियन्त्रण प्रणाली तयार पारी लागू गरेको छैन।अस्पतालको नागरिक बडापत्र अद्यावधिक नभएको, रसिद नियन्त्रण खाता नराखेको, अस्पताल परिसरको सरसफाइमा ध्यान नपुर्याएको जस्ता कमजोरी अहिले पनि अस्पतालमा रहेको महालेखाले जारी गरेको वार्षिक प्रतिवेदन ०७८ मै उल्लेख छ।यसैगरी अस्पतालले कर्मचारीको कार्य विवरण तयार नगरेको, कुनै पनि रकम भुक्तानी रसिदमा छापसमेत नलगाउने गरेको पाइएको छ।अस्पतालले प्राप्त गरेको सामानको गुणस्तर परीक्षण नगरेको, ई हाजिर प्रयोगमा नल्याएको, जिन्सी निरीक्षण प्रतिवेदन तयार नगरेको जस्ता समस्या अस्पतालमा विद्यमान छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑