वीरगंज । पाल र चीनबीच सीमा निर्धारण गर्ने विषयमा भएको सन्धिको ६० वर्ष पूरा भएको अवसरमा फोटो प्रदर्शनी गरिएको विषयमा चिनियाँ दूतावासले आफ्नो वेबसाइटमा मंगलवार जानकारी दिएको छ । सन् १९६१ को अक्टोबर ५ मा दुई देशबीचको सीमा सन्धिलाई औपचारिकता दिइएको थियो ।
अहिले नेपालको सीमा चीनले मिचेको भनी प्रश्न उठिरहेको सन्दर्भमा चिनियाँ दूतावासले दुई देशबीचको सौहार्द्रपूर्ण सीमा सन्धिलाई स्मरण गराउन खोजेको देखिन्छ । सीमा निर्धारण तथा सन्धि हस्ताक्षरका तस्वीरहरु तल दिइएको लिंकमा उपलब्ध छन् ।