वीरगन्ज | काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको छ । विमानस्थल सुरक्षा कार्यालयकाका अनुसार जहाजको पछाडिको चक्का चिप्लिएर घाँसे मैदानमा पुगेको थियो ।
फ्लाईट नम्बर ४२१ विमानमा ७६ जना यात्रु नेपालगञ्ज जान लागेका थिए । उनिहरुलाई विमानबाट ओरालिएको छ । जहाज धावन मार्गमा नभएको कारण बिमानस्थलमा उडान भने सुचारु अवस्थामा रहेको छ । धावनमार्गबाट चिप्लिए पनि विमानमा खासै क्षति भएको भने छैन ।