• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिभिल बैंकका अध्यक्ष तामाङ सहित १२ जना पक्राउ,अर्बौं ठगीको आरोप

  • वीरगंज संजाल
  • १९ आश्विन २०७८, मंगलवार १०:४९
  • २६८१

    वीरगंज । हरी अनुसन्धान केन्द्रीय ब्युरोले सिभिल बैंक तथा सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको छ । सर्वसाधरणको निक्षेपमा अर्बौं रकम ठगी गरेको भन्दै तामाङलाई सिआइबीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा संविधानसभाका सदस्य एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ, सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र विजय शाहसहित १२ जना रहेका छन् ।

    तामाङसहित सबैलाई उनीहरुकै कार्यालयबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । इच्छाराजको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले अर्बौँ रुपैयाँ ठगी गरे पनि ४६ करोड रुपैयाँ ठगी गरेको प्रमाणसहित उजुरी सीआईबीमा छ । उनीहरु पक्राउ परेपछि पीडितहरु मंगलबारदेखि नै थप उजुरी लिएर प्रहरीकहाँ पुग्ने अनुमान गरिएको छ । त्यसपछि मात्र सिभिल सहकारीले कति ठगी गरेको भन्ने पुष्टि हुन्छ । सिभिल ग्रुपकै अध्यक्ष रहेका तामाङले आफैँले सञ्चालन गरेका कम्पनीहरू सिभिल होम्सलाई आठ अर्ब आठ करोड, सिभिल मललाई ३८ करोड, सिभिल स्टेटलाई पाँच करोड र सिभिल अपार्टमेन्टलाई ४४ करोड ३२ लाख गरी आठ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रकम लगानी गरेका छन् र बचतकर्ताहरूले आप्mनो बचत रकम फिर्ता माग्दा फिर्ता नगरी लुक्दै र भाग्दै आएका थिए ।

    आपूmले बचत गरेको रकम पटक–पटक माग्दा नपाएपछि बचतकर्ताहरूले उज्ज्वल सत्यालको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर धर्ना, नारा, जुलुस गर्दै संघर्षमा उत्रिएका थिए । अहिले सरकार परिवर्तनको मौका पारेर उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    पीडित बचतकर्ताले गरेको आन्दोलनको जानकारी सहकारी विभाग, नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, सहकारी मन्त्रालयलगायत सबैलाई गराएको थियो । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताहरुले जम्मा गरेको अर्बौँ रुपैयाँ इच्छाराजले अवैध रुपमा बेलायत र बेलारुसमा पठाएको र नेपालमा सिभिल होम्समा लगानी गरेका छन् । जम्मा गरेको रकम म्याद पुगेपछि फिर्ता लिन जाँदा तामाङले सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिने भन्दै धम्की दिँदै थर्काउँदै आएका थिए । केपी ओली प्रधानमन्त्री भएको बेला उनीविरुद्ध उजुरी परे पनि उजुरी गर्नेहरुलाई तामाङले आफू ओलीको साढुभाइ भएको धम्की दिँदै अवैध रुपमा जम्मा गरेको रकम माग्न आएमा सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिने धम्की दिने गरेका थिए ।

    सर्वसाधारणको पैसा अवैध रुपमा बेलारुस पठाएपछि उनी केही वर्षअगाडि बेलारुस उड्न लागेको बेला राहदानी ‘सिज’ भएको कारण अन्तिम चरणमा आएर उड्न पाएका थिएनन् । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको रकम तामाङले बेलायत र बेलारुस पठाएका हुन् । त्यही भएर उनले निक्षेपकर्तालाई रकम फिर्ता गर्न नसकेका हुन् ।

    एक मिलियन अमेरिकी डलर बेलारुस पठाएपछि त्यहाँ नागरिकता पाइन्छ । तामाङले अवैध मार्गबाट अर्बौँ रुपैयाँ बाहिर लगेको बताइएको छ । व्यवसाय गर्न सजिलो हुने भएको कारण बेलायत र बेलारुसमा इच्छाराजले रकम पठाएका हुन् । प्रधानमन्त्री कार्यालयमातहत सम्पत्ति शुद्धीकरण विभाग रहेको कारण ओली प्रधानमन्त्री भएको बेला इच्छाराजले सिभिलमा रकम जम्मा गर्ने सबैको विवरण सम्पत्ति शुद्धीकरण विभागमा पठाइदिने भनेर धम्की दिने गरेका थिए ।

    सिभिल सेभिङमा रकम जम्मा गरेकाहरुलाई सुन्धाराको सिभिल ट्रेड सेन्टरपछाडिको अपार्टमेन्ट बिक्री गरेर रकम फिर्ता गर्छु भने पनि उक्त अपार्टमेन्ट बिक्री गरेपछि पनि कसैको पनि रकम फिर्ता गरेका छैनन् । करिब तीन अर्ब रुपैयाँ जाने उक्त अपार्टमेन्ट इच्छाराजले करिब एक अर्ब ३५ करोड रुपैयाँमै अजेय सुमार्गीलाई बिक्री गरेका थिए । उक्त अपार्टमेन्ट बिक्री गरेर सर्वसाधारणको अर्बौँ रुपैयाँ निक्षेप फिर्ता नगरी भाग्नलागेको बेला उनको राहदानी सरकारले सिज गरेको थियो । इच्छाराजले आफ्नो व्यवसाय टाट उल्टिएको बताउने गरे पनि उनी आफैँ भने कीर्तिपुरको ट्याङ्लाफाँटमा करिब छ रोपनी जग्गामा घर बनाएर बसेका छन् ।

    २०७५ पुस ३० गतेसम्मको सिभिल सहकारीको विवरणअनुसार सहकारीले प्रवाह गरेको कुल कर्जा आठ अर्ब १३ करोड ६७ लाख ४६ हजार पाँच सय ७८ रुपैयाँ ४४ पैसामध्ये सिभिल होम्सलाई मात्र २०७५ असार मसान्तसम्ममा मात्र सात अर्ब एक करोड ३७ लाख ११ हजार दुई सय ११ रुपैयाँ ३७ पैसाभन्दा बढी कर्जा दिएको देखिन्छ, जुन कुल कर्जा रकमको ८६.२ प्रतिशत हुन आउँछ । होम्सले ब्याज तिर्नसक्ने अवस्था नदेखिँदा हालसम्ममा सावाँ र ब्याज गरी झण्डै आठ अर्ब नाघेको सहजै अनुमान गर्न सकिन्छ जुन रकम सिभिल सहकारीमा जम्मा भएको कुल निक्षेपको बराबरजस्तो हुन आउँछ । ऋण असुली नभएको अवस्थामा सहकारीको बचत तथा निक्षेपकर्ताहरूको रकम समेत फिर्ता भुक्तानी गर्न कठिनाइ भएको छ ।

    सिभिल होम्सका अतिरिक्त सहकारीबाट सिभिल अपार्टमेन्ट प्रालिलाई ३४ करोड ६७ लाख ८० हजार सात सय ४५ रुपैयाँ ९१ पैसा र सिभिल इस्टेट्स प्रालिलाई छ करोड ६८ लाख ४६ हजार चार सय सात रुपैयाँ ८९ पैसा कर्जा प्रवाह भएको छ । सिभिल होम्स प्रालिको आर्थिक वर्ष २००७४ लेखापरीक्षण भएको वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी १० करोड र सञ्चित नोक्सानी दुई सय ५६ करोड ७६ लाख रुपैयाँ छ । तसर्थकम्पनीको नकारात्मक नेट वर्थ भएको कारण नगद तथा बैंक मौज्दातसहितको सम्पत्तिबाट समेत उक्त ऋण लगानी रकम असुली हुने सम्भावना एकदम न्यून छ ।

    सिभिल सहकारीको आव २०७४÷०७५ को वित्तीय विवरणअनुसार अघिल्लो आवमा प्रवाहित दुई करोड ७० लाख कर्जामध्ये दुई करोड सिभिल होम्स प्रालिमा छ । कर्जा र लगानी गरी सो अवधिसम्म कुल ७०३.३७ करोडबराबरको रकम सिभिल सहकारीले सिभिल होम्समा लगानी गरेको देखिन्छ । २०५७ सालदेखि कारोबार गरेको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका प्रमुख सञ्चालक इच्छाराज काठमाडौंका स्थानीय बासिन्दा होइनन् । उनी रामेछापका हुन् । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएसँगै सुरु भएको आर्थिक उदारीकरणको सदुपयोग गर्दै रामेछापबाट राजधानी आएका तामाङले आफन्त र मन मिल्ने मानिसहरूलाई समेटेर सिभिल सहकारी सञ्चालन गरेका थिए । सर्वसाधारण जनतासँग बचत संकलन गर्दै सदस्यता वितरण गरेका थिए । त्यसरी जनतासँग उठाइएको रकम उनले तिनै बचतकर्ता सदस्यहरूलाई लगानी पनि गरेनन् र रकम फिर्ता माग्नेहरूलाई फिर्ता पनि दिएनन् तर उनले उक्त रकम आफैँले खोलेको अरु कम्पनीहरूमा लगानी गरेका छन् ।

    उनले सिभिल सहकारीमा जम्मा भएको जनताको बचत अपचलन गरी सिभिल होम्स, सिभिल स्टेट, सिभिल अपार्टमेन्ट, सिभिल मललगायत नौवटा कम्पनीमा लगानी गरेका छन् । सिभिल मल उनको आप्mनो हुँदै होइन, उनले लालकाजी गुरुङको सम्पत्ति सत्ता र शक्तिको आडमा जबर्जस्ती कब्जा गरेर राखेका छन् । अरु कम्पनी उनी आफैँले खोलेको भए पनि कुनै पनि नाफामा गएका छैनन्, सधैँ घाटामा रहेका छन् । घाटामा रहेका उनका ती कम्पनीलाई कुनै पनि बैंकले कर्जा दिने अवस्था नरहेकोले उनले आफैँले खोलेको सिभिल सहकारीको रकम खुलेआम रुपमा अपचलन गर्दै आएका छन् । सिभिल सहकारीको अध्यक्ष केशवलाल श्रेष्ठ नाताले सिभिल होम्सका अध्यक्ष इच्छाराज तामाङका मामा ससुरा हुन्, उनी सिभिल सहकारीका अध्यक्ष केशवलालका भाञ्जी ज्वाइँ हुन् । सहकारीको रकम अपचलनकारी तामाङ सिभिल ग्रुपका अन्य कम्पनीसँगै सिभिल बैंकको समेत अध्यक्ष रहेका छन् । सिभिल सहकारीको सञ्चालक समिति सिभिल ग्रुपका अध्यक्ष तामाङको लाचार छायाँ बन्दै आएको छ र सहकारीले उनको अनुमति विना कुनै निर्णय गर्ने हैसियत देखाउनसकेको छैन ।

    सिभिल सहकारीको सञ्चालक समिति र व्यवस्थापन समितिमा अरु नै व्यक्ति भए पनि अहिलेजस्तो विकराल अवस्था आउनु अघिसम्म जनताको बचत दुरुपयोग गरेर आप्mनो व्यक्तिगत फाइदाका कम्पनीमा लगानी गर्ने र जनतालाई रकम फिर्ता नगरेर रुवाबासी गराउने तामाङ सोल्टी मोडमा रहेको सिभिल सहकारीको भवनमा अड्डा जमाएर बस्ने गर्दथे, तर केही समययता सहकारीबाट रकम फिर्ता नपाउने पीडित बचतकर्ताहरूले सहकारी परिसरमा धर्ना, जुलुस र नाराबाजी गर्न थालेपछि साँझ अबेरसम्म सिभिल बैंकको केन्द्रीय कार्यालयमा आप्mनो कार्यकक्ष खडा गरेर त्यहीँ लुकेर बस्ने गरेका थिए ।

    साँझ परेपछि सिभिल सहकारीको अखडामा पुगेर दिनभरको रिपोर्टिङ लिने गरेका थिए । उनले अपचलन गरेको नौ अर्ब रुपैयाँभन्दा बढी रकम सहकारीलाई फिर्ता नगर्दा सहकारीका बचतकर्ताहरूको रुवाबासी मच्चिएको छ । आर्थिक दैनिकको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑