वीरगन्ज | मुम्बईको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार राति एक क्रुज शिपमा छापामारेको छ । शिपमा ड्रग्स पार्टी चलिरहेको सूचना प्राप्त गरेपछि एनसीबीले छापा मारेको थियो । ड्रग्स पार्टी सञ्चालन गरेको आरोपमा एनसीबीले ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक जना महिला रहेको एनसीबीले जनाएको छ । स्थानीय मिडियाका अनुसार पक्राउ पर्नेमा एक जना बलिउड नायकका छोरा समेत रहेको जनाएका छन् । तर एनसीबीले भने यसको पुष्टी गरेको छैन ।
मुम्बईबाट गोवातर्फ गइरहेको शिपमा ड्रग्स पार्टी चलेको एनसीबीले बताएको छ । उक्त शिप सोमबार मुम्बई फर्कने गरी गोवातर्फ गएको थियो । एनसीबीका अधिकारीहरु छापा मार्न शिपमा पर्यटक बनेर गएका थिए । जब पार्टी सुरु भयो संलग्न व्यक्तिहरुलाई रंगेहात पक्राउ गरिएको थियो ।