वीरगञ्ज । रक्सौलका सुन व्यवसायी कपिलदेव सर्राफ र उनका नातिको गोली हानी हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । बिहार, पूर्वी चम्पारण जिल्लाका एसपी नवीनचन्द्र झा नेतृत्वमा गठित एसआइटीद्वारा गुप्तसूचनाको आधारमा दुवैजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रामगढवा थाना धनहर दिहुली निवासी मनु कुमार र रक्सौल छोटा परेउवा निवासी मनान अलि रहेका छन् ।
घटनाअघि २५ जुलाईका दिन पनि उनीहरूले सर्राफमाथि गोली हान्ने प्रयास गरेको प्रहरीले बतायो । प्रहरीद्वारा गठित एसआइटीमा सहएसपी चन्द्रप्रसाद, सुगौली इन्स्पेक्टर अभय कुमार, तकनिकी शाखा प्रभारी मनीष कुमार, पलनवा थाना प्रभारी प्रभाकर पाठक, भैलाही थानाध्यक्ष मनोज कुमार, रामगढवा थानाध्यक्ष सन्तोष कुमार, हरैया थानाका गौतम कुमारलगायतको सहभागिता थियो ।