• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डेढ वर्षपछि यात्रुबाहक भारतीय गाडीलाई नेपाल प्रवेशको अनुमति

  • वीरगंज संजाल
  • १५ आश्विन २०७८, शुक्रबार १६:०९
  • २९२१

    वीरगन्ज | डेढ वर्षपछि सरकारले यात्रुसहितको भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएको छ । कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो  | मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित नेपाल प्रवेश दिइएको भन्सार कार्यालयहरुले जनाएका छन् । विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार नजिकको सहरसम्म सुविधामा र नेपालभरका लागि भन्सार काटेर भारतीय यात्रुबाहक सवारी साधनलाई नेपाल प्रवेश खुला गरिएको बताए । ‘हामीले बिहीबार सबै भन्सारलाई परिपत्र गरिसकेका छौं । शुक्रबारदेखि यात्रु बोकेका वा नबोकेका भारतीय निजी सवारी साधन अब शर्तसहित नेपाल आउन सक्नेछन्’ खड्काले अनलाइनखबरसँग भने । यात्रुहरुको नेपाल प्रवेशलाई सरकारले तोकेको कोभिड प्रोटकेकल (सावधानी शर्त) भने अनिवार्य गरिएको छ ।

    माथिल्लो निकायको आदेशपछि शुक्रबार बिहानैदेखि यात्रुसहित भारतीय निजी सवारी साधन नेपाल प्रवेश खुला भएको मेचीनगर भन्सार कार्यालयका प्रमुख ध्रुब विश्वकर्माले बताए । ‘दुई देशबीचको सहमतिअनुसार सीमाबाट नजिकको बजारसम्म पहुँच सुविधाअनुसार र त्योभन्दा टाढा भने भन्सार काटेर भारतीय गाडी यात्रुसहित आजबाट जान सक्नेछन्’ भन्सार प्रमुख विश्वकर्माले भने । नाका खुलेको पहिलो दिन मध्यान्न १२ बजेसम्ममा कुनै पनि त्यस्ता सवारी साधन नआएको उनले बताए । यता रुपन्देहीको भैरहवा भन्सार कार्यालयले पनि शुक्रबारदेखि भारतीय गाडीका लागि नाका खुलेको जनाएको छ । कोरोना प्रोटकल पालना गरेर यात्रु बोकेका भारतीय नम्बर प्लेटका जिप, कार, मोटरसाइकल जस्ता सवारी साधन नेपाल प्रवेश गर्न सक्ने भैरहवा भन्सारका प्रमुख मनिराम पौडेलले बताए । नाका खुलेपछि भैरहवा भन्सारबाट सवारी साधन नेपाल प्रवेश शुरु भएको भन्सारका सूचना अधिकारी तीर्थराज पासवानले बताए । उनकाअनुसार एकै दिनमा फर्किने गरी बिना शुल्क नजिकको बजारसम्म भारतीय गाडी जान सक्नेछन् । यस्तै बढीमा ७ दिनका लागि एक पटकमा कारको लागि पाँच सय, मोटरसाइकलको लागि १५० र टेलरसहितको ट्याक्टरका लागि ७५० रुपैयाँ भन्सार काट्नु पर्ने सूचना अधिकारी पासवानले बताए ।

    वीरगञ्ज नाकामा भारतीय पाहुनालाई होटल व्यवसायीले गरे स्वागत

    देशकै प्रमुख नाका वीरगञ्ज–रक्सौल नाकाबाट पनि भारतीय गाडीको आवागमन शुरु भएको छ । सरकारले तोकेको प्रक्रिया पूरा गरी आएका भारतीय सवारी साधनलाई नेपाल प्रवेश गर्न दिइएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । असोज ५ गते सरकारले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी ओदश २०७८’ जारी गरेको छ । शुक्रबार बीआर ०६ सीएम ०३२४ नम्बरको भारतीय सवारी साधन आवश्यक प्रक्रिया पूरा गरी वीरगञ्ज नाका भएर नेपाल प्रवेश गरेको छ । उक्त सवारीमा नेपाल प्रवेश गरेका पाहुनालाई होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जको टोली शंकराचार्य गेट पुगी माला लगाएर स्वागत गरेका छन् ।भारतीय सवारी आवागमनमा रोक लाग्दा कोरोना महमारीका कारण थला परेको होटल तथा पर्यटन व्यवसाय माथि उठ्न नसकेको गुनासो व्यवसायीले गर्दै आएका छन् । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले भारतीय सवारी साधन आउन दिँदा पर्यटन व्यवसायले पुर्नजीवन पाउने बताए ।

     

    नाका खुलेकोमा भारतीय खुशी

    कोरोना महामारीका कारण सरकारले अन्र्तराष्ट्रिय नाका बन्द गरेको थियो । पछि सर्वसाधरणको आवागमनका लागि निश्चित नाका खोलेको भएपनि भारतीय सवारी साधन आवागमनमा रोक कायमै थियो । शुक्रबारबाट भारतीय सवारी साधन पनि पास लिएर नेपाल प्रवेश गर्न पाएपछि भारतीय नागरिकहरु खुशी बनेका छन् । भारतीय जनता पार्टी ( वीजेपी) रक्सौल नगर उपाध्यक्ष जसबन्धु गुप्ताले नाका खुल्नु स्वागत योग्य कदम भएको बताए । गाडी भएर पनि नेपालका धार्मिक तीर्थस्थलहरु मनकामना, पशुपतिनाथको दर्शन गर्न जान पाएका थिएनौं । सौराहा, पोखरा लगायत रमणीय स्थान घुम्न जान सकेका थिएनौं,’ उनले भने, ‘अब परिवारलाई साथमा लिएर भगवानको दर्शन गर्नुको साथै पर्यटकीय स्थलहरुको आनन्द लिन्छौं ।

    भारतले २२ अक्टोबर २०२० बाट नै सीमा नाका खोलिदिएको थियो तर भारतीय सवारी साधन आवागमनमा रोक थियो । रक्सौलकै अनुज सिन्हाले भारतीय सवारीमा नेपाल घुम्न पाउने अवसर जुटेको बताए । ‘रोटीबेटीको सम्बन्ध छ, कोरोना महामारीले गर्दा केही समय टाढा बस्नुपरको थियो,’ उनले भने, ‘अब फेरि त्यो हटेको छ, स्वागतयोग्य कदम छ ।’ भारतीय पत्रकार दिपक कुमारले डेढ वर्षपछि भारतीय सवारीलाई नेपाल प्रवेश गर्ने अनुमति मिलेकोले घुम्ने अवसर मिलेको बताए ।

    यस्तो छ यात्रुले पालना गर्नु पर्ने शर्त

    भारतीय नम्बर प्लेटको सरकारी वा निजी सवारी साधनमा नेपाल आउने यात्रुले कोरोना बिरुद्धको खोपको मात्रा अनिवार्य रुपमा पूरा गरेको हुनुपर्नेछ । यस्तै ७२ घण्टा अघिको पीसीआर नेगेटिभको रिर्पोट वा एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने शर्त पनि छ । नेपाल आउने यात्रुले सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थान केन्द्र) ले तयार पारेको यात्रु सूचना फारम भने अनिवार्य रुपमा भरेर सीमा नाकाको अध्यागमनमा बुझाउनु पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑