वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले सडक नै विकासको आधार भएको दावी गरेका छन् ।
सडक निर्माण भएपछि अरु विकास निर्माण स्वत हुने मेयर सरावगीको भनाई छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्तामा नगरस्तरिय बजेटबाट निर्माण हुने ढलान सडकको शिलान्यास गर्दै मेयर सरावगीले महानगरपालिकाले भौतिक विकास बौद्धिक विकासलाई प्राथमिकतामा राखेको बताए ।
सो अवसरमा मेयर सरावगीले १ हजार ६ सय ३२ फिट लम्बाइ र १८ फिट चौडाइ भएको ढलान सडकको शिलान्यास गरेका छन् ।