पर्सा । रामजी यादव । पहुँचयुक्त शारिरिक पुनस्र्थापना सेवाको दिगोपनामा स्थानिय तहहरुको भुमिका बिषयक एकदिने अभिमुखिकरण कार्यक्रम २०७८ आज समपन्न भाएको छ।
बहुदरमाई नगरपालिकाको संयोजनमा,USAIDअमिरीकी जनताको सहयोगमा र पहुँचयुक्त शारिरिक पुनस्थर्थापना सेवाको दिगोपनाले आयोजना गरेको कार्यक्रममा समुदायमा पछाडी परिएका बर्गहरुमा खासगरि महिला गरिब,बालबालिका ,अपांगता भएका ब्यक्तीहरु र सामाजिक तथा आर्थिक रुपले सिमान्तकृत समुदायलाई आत्म सम्मानका साथ आधारभुत सेवा ,समानता,न्याय,र बिकासमा सहभागि हुन पाउने आफ्नो अधिकार प्राप्तीमा सहजीकरणका माध्यमले सचेत,सम्मुनत,र समतामुलक समाजको बिकास हुने यस संस्थाले बिश्वास लिएको छ।
शारिरिक अपांगता भएका ब्यक्तीहरुको लागि आवस्यक पर्ने सहायक सामग्री जस्तै कृत्रिम हाथ खुटा,व्हिल चेयर,बैसाखी,ट्राई साईकल,आदी सामग्रीहरु बितरण गर्न बिश्व स्वास्थ्य संगठन को गाईड लाईन अनुसार शारिरिक परिक्षण तथा पहिचान गर्ने उपयुक्त सहायक सामग्रीको उत्पादन तथा ब्यवस्थापन,तालिम र फलोअप गरि बितरण गर्नु पर्ने कुराको जानकारी मुलक
एक दिने अन्तरक्रिया कार्यक्रम बहुदरमाई नगरपालिकाको उप-मेयर गायत्री देबी यादवको अध्यक्षतामा र बहुदरमाईका वडाध्यक्षहरुको सहभागितामा आज एक कार्यक्रमका बिच समपन्न भएको जानकारी संस्थाका ब्यवस्थापक बेनी आले र सम्पर्क अधिकृत राजेश पटेलले जानकारी गराउनु भएको छ।