• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नोटमा फोहोर गर्दै हुनुहुन्छ ? तीन महिनासम्म जेल हुनसक्छ

  • वीरगंज संजाल
  • १४ आश्विन २०७८, बिहीबार १३:४९
  • २३५७

    वीरगन्ज । नेपाल राष्ट्र बैंकले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि चाडपर्वलार्ई लक्षित गर्दै नयाँ नोट सटहीको सुविधा प्रदान गरेको छ । राष्ट्र बैंकका सातवटै प्रादेशिक र केन्द्रीय कार्यालबाट पाँचदेखि १०० रुपैयाँसम्मका नयाँ नोट प्रतिव्यक्ति अधिकतम १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध छ ।

    नयाँ नोट सटही सुविधासँगै केन्द्रीय बैंकले नोटको सुरक्षामा सावधानी अपनाउन पनि आग्रह गरेको छ  । नोटलाई पूजा गर्ने, रङ लगाउनेजस्ता कार्य नगर्न मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले आग्रह गरे । नोटको सुरक्षाका लागि बैंकले प्रयास गरे पनि त्यसमा अपेक्षित उपलब्धि हासिल हुन भने नसकेको उनको भनाइ छ ।

    नोटको सुरक्षा किन पनि आवश्यक छ भने नयाँ नोट छाप्न ठूलो रकम खर्च गर्नुपर्छ । पाँच रुपैयाँदेखि एक हजारसम्मको नोट छपाइका लागि एक रुपैयाँ ४० पैसादेखि चार रुपैयाँ ६८ पैसासम्म खर्च लाग्ने उनी बताउँछन् ।

    राष्ट्र बैंकले दसैँलाई लक्षित गर्दै १२ देखि १५ अर्बका सानो दरका नोट बजारमा पठाउने गरेको नेपालले बताए । सानो दरका करिब १५ करोडवटा नयाँ नोट छपाइ हुँदा सरदर लागत प्रतिनोट साढे दुई रुपैयाँ लाग्दा करिब ३८ करोड खर्च हुने उनी बताउँछन् ।

    चाडपर्वमा बजारमा पठाइएका नयाँ नोटमध्ये २५ देखि ३० प्रतिशत फोहोर भएर राष्ट्र बैंकमा फिर्ता हुने गरेको उनले जानकारी दिए ।

    राष्ट्र बैंकबाट बजारमा सर्कुलर हुने सानो दरका नोटको औसत आयु दुई वर्ष र ठूलो दरका (५०० र एक हजार) नोटको औसत आयु चार वर्ष देखिएको नेपाल बताउँछन् । नोटमा फोहोर, रङको प्रयोग र केरमेट नगरिएमा त्यसको आयु २५ प्रतिशत बढाउन सकिने उनले बताए ।

     

    नोटमा केरमेट, फोहोर गर्ने व्यक्ति, संस्था वा समुदायलाई कानुनी दायरामा ल्याउन नसकिएको राष्ट्र बैंकले जनाएको छ । फौजदारी संहितामा नोट फोहोर गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था रहे पनि त्यसको कार्यान्वयन हुन नसकेको उनले बताए ।

     

    उक्त कानुन बनेपछि पनि सुरुको तीन/चार वर्ष प्रचारप्रसार गर्ने, जनचेतना जगाउने र त्यसपछि कानुनी कारबाहीमा जाने राष्ट्र बैंकको तयारी छ ।

    नोट छपाइमा कति खर्च हुन्छ ?

    राष्ट्र बैंकको पछिल्लो बिडिङ प्रक्रियाअनुसार पाँच रुपैयाँ दरको नोट छाप्न प्रतिनोट एक रुपैयाँ ६८ पैसा लाग्छ । १० रुपैयाँको नोट छाप्न एक रुपैयाँ ४० पैसा, २० रुपैयाँको एक रुपैयाँ ७३ पैसा, ५० रुपैयाँको नोट छाप्न दुई रुपैयाँ ६७ पैसा, १०० रुपैयाँको दुई रुपैयाँ ९९ पैसा, ५०० रुपैयाँको चार रुपैयाँ ६८ पैसा र एक हजार दरको नोट छाप्न प्रतिनोट तीन रुपैयाँ ३७ पैसा लागत लाग्छ ।

     

    डिजिटल दक्षिणामा प्रोत्साहन 

    राष्ट्र बैंकले नोट छपाइमा हुने ठूलो लागत कम गर्न चाडपर्वमा डिजिटल दक्षिणा र डिजिटल भुक्तानी प्रयोग गर्न अपिल गरेको छ । डिजिटल दक्षिणा अथवा डिजिटल माध्यमबाट हुने भुक्तानीमा केही ‘इन्सेन्टिभ’ दिनुपर्ने उनी बताउँछन् । डिजिटल भुक्तानी गर्दा छुट अथवा केही रकम फिर्ता हुने व्यवस्था गर्न सके त्यसले थप आकर्षण गर्न सक्ने निर्देशक नेपालको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑