बिरगंज । बिरगंज पब्लिक कलेज (बिपिसी) ले दुई व्यक्तित्वलाई सम्मानित गरेको छ । बिरगंज पब्लिक कलेजले आज होटेल भिस्वामा आयोजना गरेको कक्षा-१२ का विद्यार्थीहरुको बिदाई तथा सुभकामना कार्यक्रममा दुई व्यक्तित्वलाई सम्मानित गरेको छ । बिरगंज पब्लिक कलेजका क्याम्पस प्रमुख बिनय श्रेष्ठले पिएडि गर्नु भैइ डा. उपाधी प्राप्त गरि कलेज र बिरगंजको पहिचान बनाउन सफल हुनु भएकोमा उहालाई सम्मान गरेको थियो भने सशस्त्र प्रहरी सेवामा रहि पर्सा जिल्ला र रास्ट्रको लागि आफ्नो र परिवारको ज्यानको पर्वाह नगरी अहोरात्र कोभिडको समयमा सिमा सुरक्षा र जनताको जिवधनको रक्षा खटने एक रास्ट्र सेवक पर्सा जिल्लाका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्कालाई पनि सम्मान गरेको थियो ।
कलेजका प्रबन्ध निर्देशक प्राध्यापक डा. दिपक शाक्यको सभापतित्वमा भएको बिदाई तथा सुभकामना कार्यक्रमका प्रमुख अतिथि चन्डी प्रसाद गणका गणपति क्याप्टेन नयन बस्नेतले जीवन सफल हुन पढाई आवस्यक रहेको र पढेलेखेपछी पनि आफ्नै देशमा सेना, प्रहरी , लोकसेवा, अन्य क्षेत्रमा काम गर्न आग्रह गर्नु भयो ।बिदेशमा जुनसुकै काम गर्न सक्ने तर नेपालमा त्यही काम गर्न हिचकिच्याउनेलाई नेपाल मै काम गर्न आग्रह समेत गर्नु भएको थियो । जिवनमा अगाडि बढनु छ भने पढ्न आवस्यक रहेको बताए ।
त्यसैगरि बिरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्यले तपाईं जिवनमा जे गरे पनि पढाई धेरै जरुरी रहेकोले पढाईलाई कसैले पनि बेवास्ता गर्नु हुदैन , अहिले मिहिनेत गर्नु पर्छ , भबिस्य तपाईको अगाडि चुम्ने छ ।जुन विद्यार्थीले हरेक कुरा सहन्छ , उ सफल हुन्छ ।हामी टिचर भनेको विद्यार्थीको उज्ज्वल भबिस्यको बाटो देखाउने काम हो , बाकी आफै अगाडि बढनु पर्ने बताए।आजको कार्यक्रम भनेकै सिक्ने र सिकाउने कार्यक्रम रहेकोले जहाँ गएपनि पढाईका कुरालाई व्यवहारमा ल्याउन सक्नु नै विद्यार्थी सफल रहेको बताए ।
स्वागत मन्तव्य बिरगंज पब्लिक कलेजका सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठले गर्नु भएको थियो ।सो कार्यक्रममा क्याम्पसका कोडिनेटर बासु कर्ण, शिक्षक हरिरत्न तुलाधर , मानव सेवा आश्रम बिरगंजका संयोजक सानू गुरुङ , सन्चारकर्मी अजित भुजेल , सन्तोष रन्जितकार , मन्सुर खान , जाकिर हुसेन लगायतकाको उपस्थिति रहेको थियो ।सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेको कलेजका शिक्षक अरविन्द श्रेष्ठले जानकारी दिए ।